Logo

८ पुष, वीरगञ्ज । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नंं ६ घारमा महिला सशक्तिकरण सम्वन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नंं ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयमा संचालन भएको उक्त कार्यक्रममा स्थानीय स्वंयमसेविका, आमा समूह, र महिला जनप्रतिनिधि गरी ३७ जनाको सहभागीता रहेको थियो ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरुलाई जागरुक र सशक्तिकरण गराउने खालको यस्ता कार्यक्रमले स्वरोजगार र आय आर्जन गर्न प्रेरित गर्ने धारण राखेकी थिइन् ।

दुरविन डाडा कृषक समूहका सरिता बरुवाल खड्काले कार्यक्रमको संचालन गरेकी थिइन् । कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रीले महालक्ष्मी लाईफले महिला उत्थानका लागि गरेको सशक्तिकरण कार्यक्रम प्रशंसनिय रहेको बताइ ।

सर्वोतम पिठो उत्पादन समूहका सचिव शुशिला कार्की र मालिका कृषक समूहका अध्यक्ष सपना बरुवालले समाजमा महिलाहरुलाई आत्मनिर्भर हुन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरुलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रुपमा समक्ष हुने बारेमा तालिम दिनु भएको थियो । क्षेत्रिय प्रमुख आर्चायले निकट भविश्यमा सरकारी, गैरसरकारी निकायसँगको सहकार्यमा ग्रामिण क्षेत्रका महिलाहरुलाई रोजगार र आवश्यक तालिम दिने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार