Logo

१४ पुष, वीरगञ्ज । सरकारले पुस १५ गते (भोलिं) सार्वजनिक बिदा दिने भएको छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको २६०६ औँ अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तमु ल्होसारलाई तमु लोछार पनि भनिन्छ । सो दिन बाघ वर्गको (तो ल्होे ) विदाई गर्दै विरालो वर्ग (ह्यु ल्हो) को स्वागत गरिन्छ । तसर्थ तमु ल्होसार गुरुङ जातीले नयाँ वर्षका रुपमा मनाउँछन् । गुरुङ समुदायमा यो दिन महान् चाडको रुपमा मानिन्छ ।

यो चाड विशेष नेपाल लगायत दार्जिलिङ, सिकिमका मानिसहरु मनाउने गर्दछन् ।
यसदिन पुरुषहरु भांगडा, सेतो एप्रोन र कछाड बाधीँ शिरमा टोपी लगाउँछन् । त्यस्तै गुरुङ महिला, बालबालिका र किशोरकिशोरीहरू लुङगी, घलेक, मखमली ब्लाउज र निलो पटुकी कम्मरमा बाधेँर टाउँकोमा कपडा बेर्ने गर्दछन् । साथै उनीहरु नक्कली एवम् सुनका गहनाहरू जस्तै कानमा ढुङग्री, नौगेडी, बुलाकी, पोते, जन्तर, शिरबन्दी आदी लगाउदँछन् ।
साना तथा ठूला समुहका मानिसहरूले भोज पकाउने र परम्परागत नृत्यहरू गर्छन् । सो दिन घरमा बनाएको रक्सी खुवाइन्छ ।
ल्होसारका दिन विभिन्न गुरुङ समाजबाट बाजाँ सहितको ¥यालीको आयोजना गरि आ–आफ्नो गुम्बाहरुमा जाने गर्दछन् । भोली उनीहरु आफ्नो मन्त्रबाट ‘बुद्ध’ भगवानको पूजा गर्दछन् । साथै सास्कृतिँक कार्यक्रमको आयोजना गरि रमाउने गर्दछन् ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । यद्यपी तमु ल्होसार गुरुङ समुदायका मानिसहरुको महान चाड मानिए पनि आजभोली अन्य जातीका मानिसहरु पनि तमु ल्होसार मान्ने गर्दछन् ।


सम्बन्धित समाचार