Logo

२९ असोज, सेढवा (पर्सा) । दशै पछिको ठूलो पर्व तिहार तथा छठ पर्व नजिकिदै गर्दा पर्साका ग्रामीण बासिन्दाहरुलाई घरको सरसफाईमा जुटेका छन् ।

असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण घरका भित्ता छाना तथा झारपात उम्रेर फोहोर भएका ठाउँलाई सरसफाइ गर्नमा पर्साका ग्रामिण बासिन्दाहरु व्यस्त देखिएका छन् । अधिकांश बासिन्दाहरु लक्ष्मी पूजाका लागि घर आंगन सुन्दर बनाउने कार्यमा लागेका छन् ।

भाँचिएका खरको भितालाई मर्मत तथा पुनः नयाँ निर्माण गरेर पहेलो चिम्टियाइलो माटोले लिपपोत गर्नमा ग्रामीण गृहणीहरु विहानै देखि जुटेका छन् ।

गृहणीहरुले माटोमा, गाईबस्तुको गोबर, गहु वा धानको परालको भूस तथा पानीमा मुच्छेर कच्ची भिता र सतह लिपपोत गरिरहेका जिराभवानी गाउपालिका वडा नं २ सेढवाका कान्ती देवीले बताईन् । यस बर्ष ढिलोसम्म परेका पानीका कारण घर आंगनको सरसफाइ गरी सुन्दर बनाउन ढिलो भएकाले हतारमा तिहारको तैयारीमा जुटेका उनको भनाई छ ।

यसका अलावा खेतमा पाक्न लागेका वर्षेबाली धानको भण्डारण व्यवस्थापनका लागि किसानहरु तैयारीमा लागेका छन् । प्रायः यस क्षेत्रमा धान भण्डारका लागि बासबाट बनाईएका भकारी प्रयोजनमा ल्याउने गरिन्छ । बासको भट्टाबाट बनाइएको भकारी वर्षा याममा भत्केका तथा फुसको छानालाई मर्मत गरी लिपपोत गर्नमा किसानहरुले जुटेको देखिन्छ ।

यसका साथसाथै यसै समयमा कार्तिकी काममा किसानहरु व्यस्त रहेका छन् । ढिलो सम्म परेका पानीका कारण तरकारी रोप्न पनि किसानहरु पछाडी परेका छन् ।

तोरी, रायो, आलू, लहसुन, चमसुर, धनिया, भण्टा, काउली बन्दा लगायतका तरकारी रोप्नका लागि जग्गाको तैयारीमा किसानहरु व्यस्त रहेका जगरनाथपुर गाउँपालिका वडा नं ३ निवासी रामचन्द्र यादवले बताए ।

तरकारीको रोपाईका लागि बीउको ब्याड बनाउने तथा बारीमा रहेका खरपातको सरसफाई गरी खनजोत गर्ने कार्य भइरहेका किसानहरुले जनाएका छन। अहिले राम्रोसंग उत्पादन गर्न सके आलु लसुन बर्ष भरी नै काम चल्ने भएकाले कतिक महिनामा यसका उत्पादनमा लाग्ने गरेका बताए ।

यता जिराभवानी र ठोरी गाउँपालिकामा तेलहन बाली अन्तर्गत तोरी खेतीमा समस्या हुने भएका ठोरी गाउँपालिका वडा नं ५ गडुवालाईनका किसान देवी प्रसाद दहालले बताए । ढिलोसम्म पानी परेका कारण माटोमा पानीको मात्रा बढि भएकाले तोरीको रोपाई गर्न नसकिएको बताए । तर तोरीखेतीका लागि धानको कटानी भइरहेको र खाली खेतको जोतने कार्य भइरहेको किसान दहालले बताए । यस क्षेत्रमा पर्साको सबैभन्दा बढि छव देखि आठ सय बिघा जग्गामा तोरी खेती हुदै आएका छन् ।


सम्बन्धित समाचार