२८ कार्तिक,वीरगञ्ज । बाराको निजगढमा मधेश प्रदेशको पहिलो सामुदायिक आँखा उपचार केन्द्र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज औपचारिक उद्घाटन गरेको छ ।
२.२ मिलियन अमेरिकी डलर) अर्थात नेपाली झण्डै ३० करोडको लागतमा स्थापना गरिएको निजगढ सामुदायिक आँखा अस्पतालको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उदघाटन गर्र्नुभयो ।
तिलगंगा आँखा प्रतिष्ठान (टाआईओ) ले फ्रेड होलोज फाउन्डेसनसँगको साझेदारीमा निजगढमा सञ्चालनमा ल्याईएको अस्पतालमा वार्षिक ५५ हजार बिरामीहरूलाई उपचार गर्ने क्षमता रहेको अस्पतालले स्थानीय समुदायलाई किफायती, पहुँचयोग्य आँखा हेरचाह प्रदान गर्दै आएको तिलगंगा सामुदायिक आँखा अस्पतालको स्थापनाले सपना साकार भएको संस्थापक तथा निर्देशक प्रा.डा.सन्दुक रुइतले बताउनुभयो ।
फ्रेड होलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले द फ्रेड होलोज फाउन्डेशनको लागि एउटा नयाँ अध्यायको रूपमा चिनाएको छ, जसले नेपालमा तिलगंगा सामुदायिक आँखा अस्पताल र स्थानीय साझेदारहरू र समुदायहरूसँग एक ठोस दिगो सम्बन्ध स्थापना गरेको जनाउनुभयो ।
हाल नेपालमा १० लाख भन्दा बढी मानिसहरु कुनै न कुनै रूप दृष्टिविहीन भएर बाँचिरहेका अवस्था रहेको र मधेश प्रदेशमा अन्धोपनको दोस्रो उच्च प्रकोप रहेपनि ८० प्रतिशत दृष्टि हानिबाट बच्न सकिने र विद्यमान, उच्च लागत–प्रभावी हस्तक्षेपहरू मार्फत उपचार गर्न सकिने जनाएको छ । उनका अनुसार अस्पतालले मोतियाबिन्दु, अपवर्तक त्रुटी, मधुमेह रेटिनोप्याथी र आँखाका अन्य रोगहरूको उन्नत उपचार विकल्प र व्यापक हेरचाह मार्फत उपचारमा ध्यान केन्द्रित गर्नेछ ।
नेपालमा अन्धोपन र गम्भीर र मध्यम दृष्टि कमजोरीको प्रमुख कारण मोतियाबिन्दु रहेको र लगभग ३७% मानिसहरू मोतियाबिंदुका कारण दृष्टिविहीन रहेका छन् । २३ हजार वर्ग फुटमा फैलिएको ४ तलाको अस्पताल आँखाको हेरचाहको लागि समर्पित रहेको र दुई अपरेटिङ थिएटरहरू, लेजर कोठाहरू, बाहिरी बिरामी र इनपेशेन्ट विभागहरू, एक रिकभरी वार्ड, र एक इन–हाउस फार्मेसी र अप्टिकल स्टोरहरू रहने छ ।
तिलगंगा सामुदायिक आँखा अस्पतालका स्थानीय विज्ञहरूले मधेश प्रदेशमा उच्च गुणस्तरीय उपचारमा पहुँच बढाउँदै १० उप–विशेषताहरूमा विशेष आँखा हेरचाह सहितको सेवा प्रदान गर्नेछ । आगामी पाँच वर्षमा अस्पतालले मधेस प्रदेशबाट २ लाख ७४ हजार आँखाका बिरामी ल्याउने र नेपाल र भारतका ३० लाख मानिसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
फ्रेड होलोज फाउण्डेशनका विशार्टले नेपालमा आँखाको स्वास्थ्य सेवा प्रदान गर्न तिलगंगा सामुदायिक आँखा अस्पतालसँग साझेदारीमा काम गर्न पाउँदा फाउन्डेशनलाई गर्व लागेको बताउनुभयो ।
अस्पतालले दीर्घकालीन, स्थानीय नेतृत्वमा आँखा हेरचाह समाधान गर्ने वातवरण निर्माण गर्ने फाउण्डेशनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने र तिलगंगा सामुदायिक आँखा अस्पताललाई फाउण्डेशनको कार्यान्वयन साझेदारको रूपमा परिवर्तनकारी र दिगो समाधानहरू सुनिश्चित गरिरहेको र यसले लैङ्गिक असमानता सहित नेपालमा आँखा स्वास्थ्यका प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने पनि विशार्टले बताउनुभयो ।
नेपालमा पुरुषको तुलनामा महिलामा दृष्टि गुम्ने सम्भावना दुई तिहाइ बढी छ । नयाँ अस्पतालले लैङ्गिक असमानतालाई सम्बोधन गर्न पहल गर्नेछ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको अनुमानित ४–५ प्रतिशत स्वास्थ्य सेवा क्षेत्रले ओगट्ने भएकाले अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गर्नेछ । सौर्य प्यानलहरू स्थापना गरिएको र दक्ष तताउने र वातानुकूलित प्रणालीहरू प्रयोगमा रहेका छन् ।