२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।
आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने भएको हो । गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भए सँगै रा.स्व.पा.ले आइतबार पत्रकार सम्मेलन गर्ने भएको हो ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति रवि लामिछाने माथि अनुसन्धान जारी छ । यस बीचमा रा.स्व.पा.ले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको छ ।
सो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रा.स्व.पा.को बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको दाबी रा.स्व.पा.ले गर्दै आएको छ ।