४ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बैठक बसिरहेको मुख्य सचिव श्रीराम ढकालले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, विधान संशोधन, पुस २ गते बस्ने केन्द्रीय कमिटीको बैठक, उपनिर्वाचनलगायतको बिषयमा छलफल भइरहेको छ ।
यसअघि हिजो बस्ने तय भएपनि पूर्वसभामुख दमननाथ ढुंगानाको निधन र व्रचण्डसहित पार्टीका नेताहरुको कार्यव्यस्तताको कारणले आजलाई सारिएको थियो ।