Logo

५ मंसिर, काठमाडौं । काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि १५६ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको टिआरसी सर्च कमिटीको आवेदनका आधारमा हिजोसम्म १५६ जनाको आवेदन अनलाइन र भौतिक उपस्थिति गरी दर्ता भएको सर्च कमिटीका संयोजक ओमप्रकाश मिश्रले बताए ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि भौतिक रूपमा उपस्थित भएर ८९, अनलाइनबाट २०, सङ्घ संस्थाबाट सहमतिमा २० र सहमतिपत्र नभई २७ जनाले तोकिएको मितिभित्र आवेदन दिएको मिश्रले बताए ।

उनका अनुसार अनलाइन र भौतिक रूपमा उपस्थित भएर व्यक्तिगत १८ जनाले दुई आयोगको अध्यक्षका लागि आवेदन दिएका छन् । त्यस्तै सङ्घ संस्थाको अनुमति नलिई ११ जना र २ जनाको सहमति लिएर आवेदन परेको उनले बताए ।

कुल १५६ जना मध्ये १२५ जनाले महिलासहित दुवै आयोगको सदस्यका लागि आवेदन दिएका छन् । अध्यक्ष मिश्रका अनुसार अब उनीहरूको नाम सार्वजनिक गरिन्छ । उक्त नाममा सार्वजनिक टिप्पणी लिएपछि सिफारिस समितिले काम अघि बढाउने उनले बताए ।

सरकारले लामो समयदेखि अलपत्र रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गाउनका लागि कानुन संशोधन गर्दै पदाधिकारी सिफारिस समिति गठन गरेको थियो ।


सम्बन्धित समाचार