९ मंसिर,काठमाडौं। कार्तिक २ गते यता राष्ट्रिय स्वतन्त्र पार्टी स्वास्वपाका नेता–कार्यकर्ता हैरानीमा छन्। सहकारीको रकम अपचलन आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै नेता–कार्यकर्ताले सास्ति खेप्नु परिरहेको छ।
घट्दो जनताको साथ र विश्वासबीच लामिछानेको पक्षमा बोल्ने कि पार्टी हितमा लाग्ने भन्ने सकस उनीहरूलाई भइरहेको हो। सहकारीको रकम अपचलनमा पक्राउ परेसँगै अनुसन्धानको विषय प्रहरी र न्यायको विषय अदालतको भएकाले अनुसन्धान नै प्रभावित पार्नेगरि रास्वपा रविको रक्षामा बलियो प्रतिकार गर्न थालेपछि त्यसको चर्को विरोध भइरहेको छ।
रवि पक्राउ पर्नुअघि चुलिँदो रास्वपाप्रतिको जनलहर पनि ह्वात्तै घटेको छ। रविको लोकप्रियता पार्टीको टेको जस्तै थियो। प्रहरी हिरासतमा रहेका उनीविरुद्ध एकपछि अर्को सहकारी रकम अपचलनका उजुरी पर्न थालेपछि त्यो टेको कमजोर बन्न पुगेको छ।
२०८४ सालको आम निर्वाचनमा सर्वाधिक मत हासिल गर्ने लक्ष्य बोकेको संसदको चौथो ठूलो दल रास्वपाको अवस्था यतिसम्म नाजुक भएको छ कि उसले आगमी १६ मंसिरमा हुने स्थानीय उपचुनावमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार नै पाएन।
देशभर रिक्त रहेका ४४ स्थानीय तह मध्ये रास्वपाले १६ ठाउँमा त उम्मेदवार नै उठाउन सकेन। पछिल्ला घटनाक्रमले रास्वपालाई स्वतन्त्र उठेकाहरूले समेत विश्वास गर्न नसकेको अर्थमा अर्थ्याइएको छ।
कीर्तिपुरमा नगर सभापति जयराम कार्कीको एकल दाबेदारी परे पनि रास्वपाले उनलाई विश्वास गरेन। त्यहाँ रास्वपालाई अरुले पत्याएनन्।
‘सभापति थुनामा छन् । यही बेला चुनाव लाग्यो । चुनावमा नजाँदा रविबिना रास्वपा केही रहेनछ भन्ने सन्देश जान्छ । चुनावमा जाँदा कतै उम्मेदवार पाउँदैन, पाएको ठाउँमा जमानत जफत हुने डर छ ।
पार्टीकातर्फबाट उम्मेदवार नपाएपछि सहायक प्रवक्ता मनिष झाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग मिलेर स्वतन्त्रमध्येकै एकलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका सरसफाइ अभियन्ता राजमान महर्जन (मानव) लाई बालेनसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलगायतको समर्थन रहेको बताइन्छ।
स्थानीय उपचुनाव नयाँ दल रास्वपाका लागि शक्ति परीक्षणको मौका भए पनि उपनिर्वाचन अघि नै पार्टी त्यसमा चुकिसकेको छ।
रवि पक्राउको विरोधमा सडकमा उत्रिएको रास्वपालाई आन्दोलन फलामको च्युरा जस्तै बनेको छ। आन्दोलन नगरौं पार्टी सभापति हिरासतमा छन्, गरौं जनताको विश्वास गुम्दै गइरहेको छ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल पनि रास्वपा मझधारमा रहेको टिप्पणी गर्छन्। उनले पार्टीले कतै जित हासिल नगरे रविबीनाको रास्वपाको अस्तित्व नरहेको सन्देश जाने बताउँछन्।
‘सभापति थुनामा रहेको समयमा चुनावमा नजाँदा रविबीना पार्टीको अस्तित्व नरहेको सन्देश जाने र हार्दा पनि सोही सन्देश जाने देखिन्छ। चुनावमा जाँदा कतै उम्मेदवार पाउँदैन, पाएको ठाउँमा जमानत जफत हुने डर छ।
यो दयनीय अवस्था हो,’ उनले भने।
२०७९ असार १७ मा रास्वपाको जन्म भएको थियो। पार्टी स्थापनाको ६ महिना मै आमनिर्वाचनमा १९ सिट जितेर रास्वपा संसदको चौथो शक्ति बन्यो। ५ महिनालगत्तै भएको उपनिर्वाचनमा थप दुई ठाउँमा जितेर रास्वपाले आफ्नो क्षमता र प्रभावलाई थप पुष्टि ग¥यो। चितवन–२ मा सभापति लामिछानेले दोस्रो पल्ट पटक चुनाव जित्दा तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी भए।
त्यसपछि रास्वपामा जानेहरूको लहर नै चल्यो। तर, त्यो स्थायी बन्न सकेन। यतिबेला २०८१ कार्तिक २ सम्म आइपुग्दा रास्वपा प्रतिरक्षाको अवस्थामा पुगेको छ। रविको पक्षमा पार्टी सडक आन्दोलनमा उत्रिनुको औचित्यबारे जनताले प्रश्न गरिरहेका छन्। र, पार्टी एवं पनि यसमा अस्पष्ट छ।
औचित्य र आयुबारे स्वयम् अस्पष्ट छ । यस्तोमा हुन लागेको उपचुनाव उसका लागि भारीमाथि थपिएको भारीजस्तो बन्न पुगेको रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बताउँछन्।
उनी भन्छन्, ‘सभापति थुनामा छन् । यही बेला चुनाव लाग्यो। चुनावमा नजाँदा रविबिना रास्वपा केही रहेनछ भन्ने सन्देश जान्छ । चुनावमा जाँदा कतै उम्मेदवार पाउँदैन, पाएको ठाउँमा जमानत जफत हुने डर छ।’
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनेमा प्रहरी छ। कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा उनीमाथि प्रहरी अनुसन्धान भइहरेको छ।
यतिबेला रविको समर्थनमा उनलाई पछ्याउनेहरूको संख्या घट्दै गएको छ। जनताले साथ नदिने भएपछि मंसिर ८ बाट गर्ने भनिएको प्रदर्शन रास्वाले स्थगित नै गरिसकेको छ। कार्यवाहक प्रवक्ता मनीष झा प्रदर्शन जारी राख्ने निर्णय भए पनि स्वरूप फेरिने बताउँछन्।
अदालतको आदेशमा फौजदारी कसुरको अनुसन्धानको प्रक्रिया अघि बढिरहेका बेला सडकबाट दबाब दिन खोजेको भन्दै रास्वपाको आलोचना बढेसँगै उ हच्किएको छ।