१० मंसिर, वीरगञ्ज । आज नोभेम्बर २५ अर्थात् ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ आजबाट औपचारीक सुरुवात भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको हो । यो १६ दिनको अवधिमा हिंसा विरुद्ध सचेतना जगाउने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।
अभियानलाई नेपालमा पनि “हामी सबैको प्रतिवद्धता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु तथा महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु आवश्यक छ भन्ने बुझाउनु अभियानको उद्देश्य हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आजलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाइनछ । सन् १९८१ देखि मनाउन थालिएको यो दिवसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल टुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।
यस हिसाबले यस वर्ष चाहिँ महिला हिंसा अन्त्य दिवसको ४५औँ श्रृखला हो र यस वर्षको नारा चाहिँ भ्खभचथ ज्ञण् ःष्लगतभक, ब धयmबल ष्क पष्ििभम. ३ल्यभ्हअगकभ हो । महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।
यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो । ७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।