Logo

१० मंसिर,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआईमा ऋण नभई अनुदानमात्रै स्वीकार्नुपर्ने बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कांग्रेस बीआरआईमा अनुदान लिनुपर्छ भन्नेमा प्रष्ट रहेको बताएका हुन् ।

‘बीआरआई परियोजनाका विषयमा कांग्रेसले प्रष्ट मत राख्दै आएको छ । हामी ऋण होइन, अनुदान लिनुपर्छ भन्नेमा छौं,’ देउवाले भने, ‘यो परियोजनामा हामी छलफलमा छौं । छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’

मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बीआरआई सम्झौतामा कार्यान्वयनमा लानुपर्ने दबाबमा छन् । तर सत्ता सहयात्री दल कांग्रेस भने यो सम्झौतामा अनुदान मात्रै स्वीकार्नुपर्ने पक्षमा रहँदै आएको छ ।
बीआरआईसहितमा सुझाव माग्न प्रधानमन्त्री ओलीले आइतबार मात्रै पूर्व प्रधानमन्त्रीहरू र परराष्ट्र मन्त्रीहरूसँग ओलीले सुझाव मागेका छन् ।


सम्बन्धित समाचार