११ मंसिर,काठमाडौँ। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ ।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिन मात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषद्को बैठक बोलाइएको हो । न्याय परिषद् सम्बद्ध स्रोतका अनुसार, सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको छ ।
अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्य न्यायाधीशको पद रिक्त छ । उच्च अदालतभरमा १७ जना न्यायाधीशहरूको दरबन्दी खाली छ । करिव एक वर्षदेखि नै उच्च र सर्वोच्च अदालतमा खाली रहेको ठाउँमा पूर्ण रूपमा पदपूर्ति हुन सकेको छैन ।