१४ मंसिर, वीरगञ्ज । बहुदरमाई नगरपालिकाको बेथिति विरुद्ध सचेत नागरिक समाज बहुदरमाईले नगरपालिकामा आज शान्तिपुर्ण धर्ना दिएको छ । विभिन्न ७ बुँदे माग सहित आज विहान १० बजेदे ि१२ बजेसम्म कार्यालय अगाडी धर्ना दिएको स्थानीय राकेश यादवले जानकारी दिए ।
विगत ६ महिना देखि बहुदरमाई नगरपालिकामा नगरपरिषद ढिलाई गरेको र अहिले आएर नगरपालिकाको जनप्रतिनिधिहरुको आपसी लडाईंका कारण नगरपालिका झनझन बेथिति बढ्दै गएको छ । शिक्षा, स्वास्थ र नपाको कार्यालय र वडावाट प्रदान गर्ने सेवा सुबिधाहरु प्राप्त नभई आम शिक्षक, कर्मचारी र जनतालाइ मर्का परेको भन्दै तत्काल सेवा सुचारु गर्न दबाव दिदै धर्ना बसेका हुन्।
बहुदरमाई नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका वडाहरुमा यसअघि नै वडा अध्यक्षहरुले तालाबन्दी गरेको छ । सात दिन भित्र समस्या समाधान नभए आमरण अनसन बस्ने स्थानीय नेता राकेश यादवले बताए ।
बुंदे मागहरु
१। कर्मचारीहरुको तलब तुरुन्तै भुक्तानी गर ।
२। किसानलाई चाहिने सुविधाहरु मलखाद, विउ, किटनाशक औषधी व्यवस्थाको लागि बजेट चलायमान गर ।
३। विद्यार्थीहरुको दिवा खाजा सुचारु गर ।
४। परिषदबाट पारित बजेटहरु पुनः संशोधन गर ।
५। समाजिक सुरक्षा भत्ता समयमै भुक्तानी गर ।
६। स्वास्थ्य संस्थामा आवश्यक औषधीहरु तुरुन्तै व्यवस्था गर ।
७। सबै वडा कार्यालय र विद्यालयहरुको खर्च व्यवस्थापन गरि सुचारु गर ।