Logo

२७ पुुस, वीरगञ्ज । मधेसका जिल्लाहरुसँगै पर्सामा नगदे बालीको रुपमा चिनिएको ‘उखु’ उत्पादनमा यस बर्ष कमी आएको छ । सरकारले समयमै उखुको मूल्य निर्धारण नगरिदिने र सरकारले तोकेको मूल्यमा उद्योगले उखु खरिद नगर्दा किसानले बैकल्पीक खेती तर्फ लागेपछि उखु उत्पादनमा कमी आएको हो ।

सरकारले उखु खेतीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन नसक्दा बर्सौं देखि उखु खेतीमा निर्भर किसानहरु बैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन । पर्सामा रहेका अधिकांश किसानहरुले उखु खेतीबाट फाइदा नहुने भएपछि किसानले बैकल्पीक खेती गर्न थालेको पकाहामैनपुरका किसान दिनानाथ साहको भनाई छ ।

समयमै सरकारद्घारा उखुको मुल्य निर्धारण नहुँदा खेतमै उखु सुक्ने डरले किसानले धमाधम उखु बिक्रि गरिरहेका छन् । उता सरकारले निर्धारण गरेको मूल्य समेत चिनी मिलका सञ्चालकले दिन आनाकानी गर्ने गरेको बताउँछन् पकाहामैनपुर–२ का किसान दिनानाथ साह ।

त्यस्तै बेच्ँन मिलमा लगिएका उखुमा समेत हप्तौसम्म चलानको लागि पालो कुरेर बस्नुपर्ने उनीहरुको बाध्यता छ । उखुको मुल्य निर्धारण नभएको कारण चलान पाउने वा नपाउने भनेर उनीहरु चिन्तित छन् । तसर्थ सरकारलाई चाडैँ नै मूल्य निर्धारण गर्नुपर्ने बाध्य रहेको पर्साको जगरनाथपुर गाउँपालिकाका उखु किसान समिम गदीको ठहर छ ।

उखु नगदेबाली भएपनि किसानले सँधै उधारोमा कारोबार गर्न बाध्य रहेका छन् । वर्षेनी उखु किसान समस्यामा पर्ने गरेको भएपनि सरकारद्वारा  दिर्घकालिन समाधानको उपाय भने नअपनाईएको किसान हकहित सघंर्ष समिती पर्साका अध्यक्ष सहरुम गदीले आरोप लगाए ।

उखु कटानी, ढुवानी र भुक्तानीको समस्या झेल्दै आएका किसानको यस्तो गम्भिर समस्यालाई दिर्घकालिन रुपले समाधान गर्न सरकारले स्थायी प्रकृतिका नीति लागु नगरे उखु खेतीमा लागेका किसनले बैकल्पिक खेती गर्न बाध्य हुनुपर्ने गदीको भनाई छ ।

उद्योगीको आफ्नै गुनासो

बारा र पर्सामा रहेको एक मात्र रिलायन्स सुगर मिलले सरकारले अघिल्लो बर्ष निर्धारण गरेको उखुको मूल्यको आधारमा खरिद गरेको उद्योगका व्यवस्थापक शैलेन्द्र गुप्ताले बताए । सरकारले अघिल्लो बर्ष निर्धरण गरेको क्वन्टलको ५ सय २० रुपियाँको दरमा उखु खरिद गरेका छौ गुप्ताले भने ।

दैनिक ३ हजार ५ सय टन उखु पेल्ने क्षमता भएको रिलायन्स सुगर मिल्सले अहिले २ हजार ४ सयको हाराहारीमा उखु पेल्ने गरेको छ । यसपटक किसानको उखुमा रोग लागेकोेले किसानलाई नोक्सान हुने स्थिती देखिएको उद्योगका संचालक राजकुमार गाडीयाले बताए ।

उनले यस हरेक सिजनमा २ लाख मेट्रिक टन उखु पेल्ने गरेको बताए । अघिल्लो बर्ष ७० दिन मात्र मिल चलाएको थियौ, संचालक गाडीयाले भनें “यस पटक पनि ८०÷९० दिनको लागि मात्र उखु आउन सक्ने देखिन्छ ।”

रिलायन्स मिल्समा बारा र पर्सा बाहेक रौतहट र भारतीय सीमा क्षेत्रका बस्तीबाट समेत उखु आउने गरेको गाडीयाको भनाई छ । छिमिकी मूलुकमा ६ महिना सम्म उखु मिल्स चल्छ नेपालमा मुस्कीलले तीन महिना भन्दा बढी चलाउन सकिदैन । उखुमा किसानलाई सहुलियत र नयाँ आधुनीक तरिकाले खेती गर्न लगाउनु पर्ने भनाई उद्योग संचालकहरुको छ ।


सम्बन्धित समाचार