Logo

३० मंसिर,वीरगञ्ज । आशा किरण केन्द्र संस्थाको दशौं स्थापना दिवसको अवसरमा पुस पाँच गते सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थालाई आवश्यक आर्थिक व्यावस्थापनका लागि नेपालका चर्चित गायक आनन्द कार्कीको साथमा सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

संस्थाले आज सिद्धार्थ माध्यामिक विद्यालय परिसरमा रहेको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी दिएको हो । सुस्त मनस्थिति, मष्तिष्क पक्षघात तथा विभिन्न कारणले विकलाङ्ग भएका बालबालिकाहरुको उचीत स्याहार, पठनपाठन, तथा स्वयं सक्षम हुने प्रशिक्षण दिने गर्दै आएको संस्थाले अन्य विभिन्न सामाजिक कामको लागि पनि कल्याणकारी सांगितिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रममा प्रवेशका लागि दुई हजार मूल्यको टिकट राखिएको छ । कार्यक्रमबाट संकलित रकम बालबालिकाको सेवा गर्नका लागि व्यवस्थित बनाउन अक्षयकोष नै स्थापना गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जनाएको छ । पुस ६ गते भने संस्थाले आफ्नै भवनको प्रांगणमा बार्षिकोत्सव कार्यक्रम मनाउने जनाएको छ ।

संस्थाका अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अनिल जयसवाल, आजीवन सदस्य गणेश लाठ, कार्यक्रमकी संयोजक रेनु अग्रवाल, नुतन सरावगी लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार