२ पुष, वीरगञ्ज । आगामी माघ १६ देखी १९, २०८१ मा ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स(ईरिप्स) www.myerips.org ले सकारात्मक सञ्चार र नेतृत्व विकासका लागि प्रसंसनीय खोज तालिमको आयोजना गरेको छ । यो तालिम किन आवश्यक छ ? यो तालिममा के के कुराहरु सिक्न सकिन्छ र सिकेका कुराहरुले दैनिक जीवनमा, परिवारमा र संस्थामा के कस्ता सकारात्मक प्रभाव पार्न सक्दछन भन्ने बारेमा जानाकारी मुलक प्रस्तुती गरिएको छ ।
सकारात्मक सञ्चार भनेको के हो र यो किन जरुरी हुन्छ ?
सञ्चार भनेको बिचार, भावना र जानाकारी आदान प्रदान गर्ने माध्यम हो । व्यक्तिगत तथा व्यवसायीक जीवन र नेतृत्वलाई प्रभावकारी र सफल बनाउन सञ्चारको भुमिका महत्वपुर्ण हुन्छ । सकारात्मक सञ्चार भनेको व्यक्तिहरुबीच हुने संवाद र सञ्चार प्रक्रियामा आशावादी, सामाधानमुखी सोच र सहयोगी दृष्टिकोण निर्माण गर्नुलाई बुझाउदछ । सकारात्मक सञ्चार प्रक्रियामा अत्यन्तै प्रतिकुल अवस्थामा पनि सकारात्मक एवम् जीवनदायी उर्जाहरुको खोज, सिर्जनात्मक विचार, सम्मानजनक व्यवहारलाई प्राथामिकता दिईन्छ । सकारात्मक र स्पष्ट सञ्चारले पारिवारीक, सामाजिक र पेशागत सम्वन्धलाई सुदृढ बनाउदछ भने एक आपसमा विश्वास र आत्मीयता बढाउदछ । सकारात्मक र स्पष्ट सञ्चारले आत्मविश्वास बढाउनुको साथै नयाँ ज्ञान सिक्न र सिकाउन अभिप्रेरित गर्दछ भने असमझदारीहरुलाई हटाएर समस्याहरुको सामाधानका लागि नयाँ नयाँ अवसरहरु सिर्जना गराउदछ भने व्यक्तिहरुलाई उत्प्रेरित गरि मानसीक रुपमा बलियो बनाउदछ । सकारात्मक सञ्चार प्रकृयामा कमजोरी, आलोचना, दोषारोपणको बदलामा सकारात्मक सुझाव, प्रशंसा एवम्र उत्प्रेरणादायक भाषाको प्रयोग गरिन्छ ।
सकारात्मक नेतृत्व भनेको कस्तो नेतृत्व हो ?
व्यक्ति स्वयम् तथा आफ्ना अनुयायीहरु र सदस्यहरुमा सकारात्मक दृष्टिकोण, सृजनशिलता, सहकार्यको भावना र प्रेरणादायक अवस्थाको सिर्जना गरी सकारात्मक रुपान्तरणको लागि मानसीक तथा भौतिक रुपमा उत्प्रेरित गर्ने क्षमता, सिप र कला नै सकारात्मक नेतृत्व हो । यस प्रकारको नेतृत्वले प्रेरणा, सहकार्य, आशावादको माध्यामवाट लक्ष्य प्राप्त गर्न सदस्यहरुको व्यक्तिगत, सामुहिक तथा संस्थागत क्षमताको अधिकतम उपयोग गर्दछ । सकारात्मक नेतृत्वले सदस्यहरु, समुह तथा संस्थाको कमजोरी, नकारात्मक र असफलताको बदलामा सवलपक्षहरु, सफलता र सफलताका कारणहरु, क्षमता, भविष्यको चाहना र संभावनाहरुको खोजबिन तथा लेखाजोखा गरेर सदस्यहरुको वा भनौ नागरीकहरुको मनोबल र आत्मविश्वास बढाउदछ र साझा लक्ष्य प्राप्तीको लागि बिपक्षि लगायत सबैलाई एकजुट बनाउदछ ।
यो तालिम कसको लागि उपयुक्त हुन्छ ?
ब्यक्ति, परिवार, संघ संस्थाहरु र समुदाय भित्र शुशुप्त अवस्थामा वा दवाईएर रहेका सकारात्मक संभावनाहरु उजागार गरेर सकारात्मक व्यक्तित्व, सकारात्मक परिवार, सकारात्मक संस्था एवम् सकारात्मक समाज निर्माणमा योगदान दिन चाहने सबैको लागि यो तालिम उपयोगी हुन्छ । विशेषतः औपचारीक वा अनौपचारीक नेतृत्व तहमा रहेर काम गरिरहनु भएका माननीयज्युहरु, राजनीतिक पार्टीका नेताहरु, विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु, जन प्रतिनिधीहरु, गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवम् पदाधीकारीहरु, शिक्षकहरु, सामाजिक अभियान्ताहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, उच्च शिक्षा हासिल गरिरहेका विधार्थीहरु, अधिकारकर्मीहरु सबैको लागि यो तालिम उपयुक्त हुन्छ ।
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले विगतमा सञ्चालन गरेका बिभिन्न तालिममा सहभागी हुनु भएका माननीय संसद, नगरप्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, प्रध्यापकहरु, मेलमिलाप विज्ञहरु, शिक्षा विज्ञहरु, योजनाविद्, अनुसन्धानकर्ताहरु, व्यवसायीहरु, पत्रकारहरु, राजनीतिज्ञहरुको सुझाव पश्चात यो तालिमको संरचना गरिएको हो । नेपालमा वढ्दो निराशालाई आशा, उत्साह र नकारात्मकतालाई सकारात्मकतामा वदल्न देशै भरी सकारात्मक नेतृत्व र सञ्चारकर्मीहरुको आवश्यक भएकोले यस्तो तालिमको आवश्यकता भन्ने तालिमका पुर्व सहभागीहरुको सिफारीश रहेको छ ।
सामन्य प्रकारको नेतृत्व भन्दा सकारात्मक नेतृत्व किन फरक छ ?
नेतृत्व भनेको समुह, सदस्यहरु वा अनुयायीहरुलाई लक्ष्य प्राप्तीको लागि मार्गनिर्देशन गर्ने कला हो । सामन्य प्रकारको नेतृत्वले केवल दिर्नेश र अधिकारको आधारमा काम गर्दछन भने सकारात्मक नेतृत्वले अनुयायीहरु वा सदस्यहरुका क्षमता, सवलपक्षहरु, संभावना र चाहनाहरु पहिचान गरेर सो कै आधारमा उत्प्रेरणा, सहकार्य र समन्वयात्मक तरिकाले काम गर्दछन र सकारात्मक परिणामको सुनिश्चित गर्दछन ।
१. साझा दृष्टिकोण निर्माणः सामन्य प्रकारका नेतृत्वले आफनो दृष्टिकोणलाई नै समुह वा संस्थाको दृष्टिकोणको रुपमा परिभाषित गर्दछन र पद र शक्तिको दुरुपयोग गरेर संस्थाको श्रोत, साधन तथा कर्मचारीहरु, सदस्यहरु सबैलाई आफनै दृष्टिकोण अनुसार काम गर्न आदेश दिन्छन वा त्यस्तै वातावरण निर्माण गर्दछन भने सकरात्मक नेतृत्वले संस्थाका सबै कर्मचारीहरु वा समुहका सबै सदस्यहरुको संयुक्त सहभागीतामा साझा दृष्टिकोण निर्माण गर्दछन र सो दृष्टिकोण अनुसार काम गर्न सबैलाई उत्प्रेरित गर्दछन र सकारात्मक परिणाम प्राप्तीको लागि अगुवाई गर्दछन ।
२. सञ्चार र संवादको तरिकाः सामन्य प्रकारको नेतृत्वले आदेशात्मक वा निर्देशनात्मक तरिकाले सञ्चार प्रवाह गर्दछन भने सकारात्मक नेतृत्वले हरेक सदस्यको बिचार बुझने र सबैको आत्म सम्मानको रक्षा हुने गरी सकारात्मक तरिकाले उत्प्रेरणा जगाउने गरी सञ्चार गर्दछन ।
३. समस्यासँगको व्यवहार ः सामन्य प्रकारको नेतृत्वले साना तिना समस्यामा पनि आफु माथहतका कर्मचारीहरु, सदस्यहरु वा सहयोगीहरुलाई दोष लगाउदछन र जमेर आलोचना गर्र्दाछन जसले गर्दा पुरा संस्था भित्रनै नकारात्मक र दोषारोपणको वातावरण निर्माण हुन्छ । सकारात्मक नेतृत्वले समस्याले सिर्जना गरेको अवस्थाम र त्यो अवस्थामा निर्माण हुन सक्ने अवसरहरु र कसको दक्षता र क्षमताको प्रयोग गर्दा ती अवसरहरुको सदुपयोग गरेर समस्या सामाधान गर्दै नयाँ अवसरहरु सिर्जना गर्न सकिन्छ भन्ने खोज गर्दछ र सोही अनुसार सबैसँग सदभाव पुर्ण व्यवहार गर्दै सहकार्य गरेर एक अर्कालाई प्रशंसा गर्दै सकारात्मक परिणाम निकाल्ने वातावरण निर्माण गर्दछ ।
४. प्रेरणाको शैली ः सामन्य प्रकारका नेतृत्वले पद र शक्तिको आडमा निर्देशनात्मक शैलीमा सदस्यहरु वा कर्मचारीहरुलाई काम गर्न आदेश दिन्छन भने सकारात्मक नेतृत्वले कर्मचारीहरु वा सदस्यहरुको क्षमता र दक्षताको पहिचान गर्दछन र उनिहरुको भावनालाई लक्ष्यसँग जोडेर लक्ष्य प्राप्तीको लागि उत्प्रेरित गर्दछन ।
५. परिणाममा ध्यानः सामन्य प्रकारका नेतृत्वले प्रकृयागत कुराहरु जस्तैः कानुन, मानवअधिकार, कर्मचारी तथा सदस्यहरुको आत्मसम्मान आदीलाई ध्यान नदिई परिणाम मात्र प्राप्त गर्ने कुरामा ध्यान दिन्छ र सफलताको श्रेय आफैले मात्र लिन्छ भने सकारात्मक नेतृत्वले कर्मचारीहरु तथा सदस्यहरुको आत्म सम्मान, ऐन, नियम, कानुन लगायत सबै प्रकृयाहरुलाई समेत ध्यान दिई परिणाम प्राप्ती गर्न उत्प्रेरित गर्दछ सफलताको श्रेय सबैलाई दिन्छ र परिणाम प्राप्तीको यात्रा नै सिकाई र विकासको अवसर हो भन्ने मान्यता राख्दछ ।
६. व्यक्तित्व विकासः सामन्य नेतृत्वले कर्मचारीहरु तथा सदस्यहरुलाई लक्ष्य प्राप्ती गर्ने साधनको रुपमा मात्रै हेर्दछ भने सेवा र सुविधा पनि आफना नजिकका, आफनै पार्टीका, जाताका, ईष्टमित्र, आदी हेरेर निर्णय गर्दछ तर सकारात्मक नेतृत्वले कर्मचारीहरु तथा सदस्यहरुको व्यक्तिगत र व्यवसायिक दक्षता तथा क्षमता अभिवृद्धि गर्दै सबैलाई समन्यायिक तरिकाले अवसरहरु वितरण गर्दछ र सामाजिक विविधतालाई शक्तिको रुपमा प्रवर्धन गर्दछ ।
नेपलाको सन्दर्भमा सकारात्मक सञ्चार र नेतृत्वको आवश्यकता किन छ ?
नेपाल जस्तो वहुजातीय, बहुभाषिक, वहु साँस्कृतिले भरिपुर्ण सामाजिक, प्राकृतिक तथा व्यवसायिक विविधताले भरिपुर्ण भएको देशमा सकारात्मक नेतृत्वले सबै तह र तप्काका सवल पक्षहरु, सफल अभ्यासहरु, सिकाईहरु, संभावना र सपनाहरुको खोजविन गरेर सबैलाई मान्य हुने साझा दृष्टिकोण निर्माण गर्न अभिप्रेरित गर्दछ । हाल नेपालमा चारैतिर नकारात्मक सोच, दोषारोपण, निराशा, नैराश्यता र अविश्वास व्याप्त छ । एकले अर्काको कमजोरी खोतल्ने र आलोचना तथा दोषारोपण गर्ने राष्टिय संस्कृति नै भएको छ । यस्तो अवस्थामा नकारात्मकतालाई सकारात्मकतामा बदलेर सकारात्मक सँस्कृतिको निर्माण गर्न घर परिवार देखी सबै प्रकारकका संघ संस्थाहरु र सबै तहको नेतृत्वलाई सकारात्मक नेतृत्वको रुपमा विकास गरेर समग्र देशको सकारात्मक रुपान्तरण गर्ने आधार निर्माण गर्न सकिन्छ । सकारात्मक नेतृत्वले नेपालको सबै स्थानमा सामाजिक एकता निर्माण गर्न, सहकार्य र विश्वासको वातावरण निर्माण गर्न, युवाहरुलाई उत्प्रेरणा गर्न, आर्थिक बिकासलाई गति दिन र दिगो बिकासलाई सुनिश्चित गर्न चमत्कारीक भुमिका खेल्दछ । नेपालमा निम्न कारणले गर्दा सकारात्मक सञ्चार र नेतृत्व अति आवश्यक छ ।
१. सहकार्य र सहअस्तित्वको बिकास : नेपालजस्तो विविधतायुक्तले भरिपुर्ण देशमा सहकार्य र सहअस्तित्वको प्रवर्धन अति आवश्यक छ । सकारात्मक सञ्चार र नेतृत्वले विभिन्न जाता, धर्म र क्षेत्रका मानिसहरुका सकारात्मक कुराहरु उजागर गरेर सबैलाई एक ठाउँमा ल्याएर साझा दृष्टिकोण निर्माण गर्न, सामुहिक लक्ष्य निर्माण र प्राप्त गर्न अभिप्रेरित गर्दछ ।
२. समस्या सामाधान गर्न र नयाँ अवसरहरु सिर्जना गर्न : नकारात्मक र आलोचनात्मक सञ्चार शैलीले बिबाद र बिभाजन ल्याउँदछ भने सकारात्मक सञ्चार र नेतृत्वले सामाधानमुखी सोच ल्याएर समस्या सामाधानको लागि प्रभावकारी उपायहरु खोज्न अभिप्रेरित गर्दछ । यस प्रकृयाले शान्ति निर्माण, सहकार्य र सद्भाव अभिवृद्धिमा विशेष योगदान दिन्छ ।
३. आर्थिक विकासको लागि उत्प्रेरणा : सकारात्मक सञ्चार र नेतृत्वले उद्यमशिलता, नवप्रवर्तन, र सहकार्यको वातावरण सिर्जना गरेर आर्थिक विकासलाई गति दिन्छ । यसले संस्थाका कर्मचारीहरु र समुहका सदस्यहरुबीच सदभाव र सहकार्य अभिवृद्धि गरी सिर्जनशिलता, उत्पादनशिलता र प्रतिप्रर्धात्मकता अभिवृद्धि गर्दछ ।
४. राजनीतिक स्थायित्व र विश्वास निर्माण : नेपालको राजनीतिमा व्याप्त नकारात्मकता प्रभाव घर घर र व्यक्ति व्यक्तिमा परेको छ भने सकारात्मक सञ्चारको अभावले नागरीकहरु र नेताहरुबीच दूरी बढाएको यथार्थता हाम्रो सामु छ । सकारात्मक सञ्चार र नेतृत्वले सकारात्मक कुराहरु, विगतका सफलताहरु र भविष्यका अवसरहरु खोजेर सकारात्मक सवालहरु प्रस्तुत गर्दछ र सकारात्मक तथा विश्वासको वातावरण निर्माण गरी नेतृत्वलाई जवाफदेही र जिम्मेवार बनाउदछ भने नागरीकहरुलाई शसक्त गर्दछ ।
५. सामाजिक एकता, मेलमिलाप र युवा शसक्तिकरण : सकारात्मक सञ्चार र नेतृत्वले सबै प्रकारका गलतफहमीहरुलाई हटाई आपसी विश्वास र एकता निर्माण गर्न मद्धत गर्दछ । यसले सामाजिक सम्वन्ध सुधार गर्न, मेलमिलाप ल्याउन र बिबाद कम गर्न प्रभावकारी भुमिका खेल्नका साथै युवाहरुलाई उत्प्रेरित गरी सही मार्गनिर्देशन प्रदान गरेर आत्मविश्वास वढाउन र सिर्जनशिल हुन उत्प्रेरित गर्दछ ।
निष्कर्षः सामन्य प्रकारको नेतृत्व कहि कतै छोटो समयको लागि प्रभावकारी भए पनि सकारात्मक नेतृत्वले दिर्घकालिन सकारात्मक रुपान्तरण र प्रगतीको मार्ग प्रशस्त गर्दछ । नेपाल जस्तो विविधतायुक्त देशका लागि वृहत्तर नागरीक एकता सहित सामाजिक सद्भाव र सहकार्य सहितको तिव्र आर्थिक, सामाजिक, आर्थिक, आध्यात्मीक एवम् सुचना तथा प्रबिधीको बिकासको लागि सकारात्मक सञ्चार र नेतृत्व अपरिहार्य छ । नेपाल जस्तो विविधता एवम् संभावनाले भरिएको देशमा सकारात्मक संवाद, शान्ति, समृद्धि र सहकार्य नै सकारात्मक रुपान्तरणको आधार स्तम्भ हो र यसलाई जीवन शैली बनाउन जरुरी छ ।