Logo

२ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रतनपुर स्थित समिलबाट शसस्त्र प्रहरी र बनकर्मीको संयुक्त टोलीले अबैध सालको चिरान काठ सहित गोलिया बरामद गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेडक्वाटर पर्साको बिशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ रतनपुर निवासी नुरहोदा मियाँको समिलमा छापा मार्दा विभिन्न साईजको ४४ थान चिरान चौकट र १ थान सालको गोलिया बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटरले जनाएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अन्सारीका अनुसार अबैध रुपमा चिरान गरि राखेको ४४ थान विभिन्न साईजको चौकट र १ थान सालको गोलिया गरि ३५.१२ क्युफिट काठ संयुक्त टोलीले समिलबाट बरामद गरेको र समिल धनी नुरहोदा मिया फरार रहेको र उनको खोजी गरि अनुसंधान गरि आवश्यक कार्वाही गरिने बताउनुभयो ।

काठ बरामद गर्ने क्रममा स्थानीय महिलाहरुले अवरोध समेत पु¥याएका थिए । बरामद काठ डिबिजन बन कार्यालय पर्सामा राखिएको छ ।

सबैया साझेदारि बन क्षेत्रबाट समिल धनी मियाले काठ तस्कर भरिया मार्फत सालको गोलिया मगाई आफ्नै समिलमा चिरान गराई फर्निचर तथा चौकटहरु बनाई बनकर्मी र स्थानीय प्रहरी हरुको मिलोमतोमा बिरगंज लगायत विभिन्न ठाउँ हरुमा अबैध रुपमा कार्य गर्दै आई रहेको स्थानीयहरुले बताएका छन ।

 


सम्बन्धित समाचार