Logo

८ पुष,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका निम्ति नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार राष्ट्रपतिको कार्यालयमा शपथ गराइएको हो ।

राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


सम्बन्धित समाचार