११ पुष,सेढवा ।नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइरालाले कुनै पनि राजनितिक दलसँग आगमी निर्वाचनमा गठबन्धन नहुने बताएका छन्।
तर नेपाली कांग्रेसले निर्वाचन अगाडी नै गठबन्धन गरेको पार्टीका राम्रो नभएको कोइरालाले बताए। निर्वाचनपछि स्थायी सरकार बनाउन सकिने कोइरालाले बताए। जिराभवानी गाँउपालिका वडा नं. ३ बिवाह भवनमा नेपाली कांग्रेसको १०० दिने बिशेष अभियान कार्यक्रम तथा कार्यकर्ता भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थायी सरकार बनाउनका लागि एक भएर अगाडी बढ्न आवश्यक रहेको कोइरालाले बताए। तर निर्वाचनमा पार्टीबाट टिकट नपाउदा आफ्नै पार्टीका उम्मेदवार हराउन अरुलाई समर्थन गर्ने सोचाई गलत रहेको डा. कोइरालाले बताए।
कार्यक्रम पूर्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेकपा एमालेसंग गठबन्धन गरी सरकार बनाउनुको मूख्य कारण संबिधान संसोधन रहेको बताए। संबिधान कतिपय यस्ता ऐन तथा कानून रहेका छन जसका कारण आमनागरिकलाई समस्या झेल्नु परेको रिजालले बताए।
यो गठबन्धन सरकार स्थायित्व लागि मात्र रहेको र अगामी निर्वाचनमा नेकपा एमालेसंग सतर्क रहन कार्यकर्ताहरुलाई आग्रह गरे। नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेश सरकारका भुमि, सहकारी तथा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ ,प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, बशिष्ट नारायण पटेलले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले गरेका थिए । भने, कार्यपालिका सदस्य सरोज चौरसियाले कार्यक्रम संचालन गरेका थिए।