नेपालमा विविध किसिमको हावापानी पाइन्छ । समय अनुसार तापक्रम, प्रकाशको तीव्रता, आर्द्रता लगायत चीजहरु वर्षैभरी फरक–फरक हुनाले तरकारीको उत्पादनलाई समेत यसले प्रभाव पारेको हुन्छ । समुन्द्र सतहदेखि हरेक ३०० मिटरको उचाईमा १ डिग्री सेल्सियस तापक्रम फरक हुने भएकाले नेपालको धरातल अनुसार हावापानी अलि फरक भएको हो । त्यसैले वर्षैभरी तरकारी उत्पादनलाई हावापानीले साथ दिएको पाईंदैन यद्यपि नेपालमा असारदेखि मंसिरसम्म भने तरकारीको अभाव हुने गर्दछ । यो समयमा हावापानीले राम्रो साथ नदिए पनि तरकारीको मोल राम्रो पाइने भएकाले किसानहरु विकल्पको रुपमा प्लाष्टिक घर बनाएर बेमौसमी खेती तर्फ आकर्षित भएका छन् । बिरुवा हुर्कनको लागि आवश्यक वातावरण अनुकूल बनाई प्लाष्टिक घर भित्र गरिने खेती प्रविधिलाई प्लाष्टिक खेती प्रविधि भनिन्छ । नेपालमा यसको सुरुवात वि.सं. २०३५÷३६ साल तिर नेपाली कृषि प्राविधिक र जापानिज स्वयम् सेवकहरुले प्लाष्टिकको सुरुङमा तरकारी खेती गरी भएको पाइन्छ । तत्पश्चात् नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत कृषि अनुसान्धान केन्द्र, लुम्लेलेवि.सं. २०४२ सालमा यसकोखेती बारेअनुसन्धान गरेको थियो भने बागवानी अनुसन्धान महाशाखा खुमलटारले वि.सं. २०५२ सालमा यसमा काम गरेकोपाइन्छ । पछिल्लो७–८ वर्ष यता किसानहरुलेसूर्यको परावैजनी किरण खप्न सक्ने सिल्पाउलिन प्लाष्टिकको प्रयोग गरि बेमौसमी रुपमा तरकारी खेती गर्न थालेका छन् ।
प्लाष्टिक घर भित्र खेती गर्दा हुने फाईदाहरु
- अनुकूल हावापानी निर्माण गरी बाली तथा बीउ उत्पादन गर्न सकिने,
- यस प्रविधिबाट बालीको गुणस्तर र उत्पादकत्व पनि बढ्ने,
- उत्पादनले राम्रो मूल्य पाउने, बढी आम्दानी हुने,
- स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने
- रोगकीराको समस्या कम हुने भएकाले उत्पादन लागत घटाउँछ भने स्वस्थ तरकारी उत्पादन गर्न सकिने
- सिंचाई सुविधा कम भएको ठाउँमा पनि सजिलै खेती गर्न सकिने
- थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने,
- विदेशमा समेत गुणस्तरीय तरकारी निर्यात गर्न सकिने,
- रेखदेख र सुरक्षा गर्न सजिलो हुने,
- तरकारी खेतीमा व्यवसायीकरण बढ्ने ।
लगाउन सकिने मुख्य तरकारी बालीहरु
बिरुवाहरुलाई फरक फरक खाले हावापानी आवश्यकता पर्दछ । सबै बिरुवा एकै खाले वातावरणमा हुर्कन सक्दैनन् । मध्यम खाले तापक्रम (२० देखि २५ डिग्री सेल्सियस), शीत नपर्ने, पानी धेरै नपर्ने समयमा खेती गर्न सकिने तरकारीहरु जस्तै गोलभेडा, भेंडे खुर्सानी लगायतको उत्पादनका लागि प्लाष्टिक खेती प्रविधि उपयुक्त मानिन्छ । प्लाष्टिक घरमा खेती गर्दा मुख्यत शीत नसहने बिरुवा र सिधै पानीले असर नगर्ने खालको बिरुवाहरु छनोट गर्नुपर्दछ ।
प्लाष्टिक घरभित्र खेती गरिने तरकारीको छनौट
प्राय सबै खाले तरकारी यस प्रविधिमा लगाउन सकिएतापनि यी कुराहरु विशेष ख्याल गरेर तरकारी बाली लगाउन छनोट गर्नुपर्दछः
- सजिलै खेती गर्न सकिने र रोग कीरा कम लाग्ने जात तथा तरकारी,
- उच्च मूल्य जाने तरकारी बाली, ध लामो समयसम्म उत्पादन लिन सकिने तरकारी,
- बजारमा सजिलै बिक्री हुने तरकारी ।
प्लाष्टिक घरका प्रकारहरु
१. साधारण प्लाष्टिक घर यो प्लाष्टिक घर मध्य पहाडी क्षेत्र (समुन्द्र सतहको ८०० देखि १,५०० मिटर सम्म) को लागि उपयुक्त हुन्छ । यसमा प्लाष्टिकको घरको छानो मात्र लगाईन्छ भने बाँस, फलाम वा स्टिलको डण्डी प्रयोग गर्न सकिन्छ । जाडोमा कम हुस्सु लाग्ने, गर्मी महिनामा तापक्रम ३० डिग्री भन्दा माथि नजाने भएकाले यो साधारण प्लाष्टिक घर मध्य पहाडी क्षेत्रमा उपयुक्त मानिन्छ |
२. अर्ध नियन्त्रित प्लाष्टिक घर यस किसिमको प्लाष्टिक घर समुन्द्र सतह देखि ८०० मिटर भन्दा कम उचाई भएको क्षेत्रमा बनाउने गरिन्छ । गर्मीमा प्लाष्टिक घरको वरपरी घेरी राखिएको प्लाष्टिक निकाल्न मिल्ने गरी राखिएको हुन्छ भने जाडोमा न्यानो बनाईराख्न चारैतिरबाट ढाक्न मिल्ने गरी बनाइएको हुन्छ ।
३. पूर्ण नियन्त्रित प्लाष्टिक घर सामान्यतया १,५०० मिटरको उचाईमा अवस्थित हिउँ नपर्ने ठाउँमा यस खाले प्लाष्टिक घर निर्माण गर्न सकिन्छ । यस्तो ठाउँमा प्लाष्टिक घर बनाउँदा उचाईलाई ख्याल गर्नुपर्छ । यस घरमा हरित गृह प्रभाव सिर्जना गरी तापक्रम बढाउन सकिन्छ जसको लागि सिसा वा प्लाष्टिक फाईवर अथवा ग्लास फाईवर आदि प्रयोग गर्न सकिन्छ ।
प्लाष्टिक घर बनाउन उपयुक्त ठाउँ
- प्लाष्टिक घर पूर्व पश्चिम मोहडा फर्कने गरी बनाउनु पर्छ ताकि लामो समयसम्म सूर्यको प्रकाश पर्न सकोस्, ध छाँया पर्ने ठाउँमा बनाउनु हुँदैन,
- जमिनको चौडाई ५ मिटर भन्दा बढी हुनुपर्छ, ध ताजा तरकारीको पकेट क्षेत्र भएको ठाउँ हुनुपर्छ,
- नियमित सिंचाई उपलब्ध हुन सक्ने ठाउँ,
- हावा जोडले चल्ने ठाउँ छनोट गर्नुहुँदैन, ध ज्यादै भिरालो र पानी जम्ने ठाउँमा प्लाष्टिक घर बनाउनु हुँदैन,
- सिंचाई, सडक, विद्युत जस्ता पूर्वाधार उपलब्ध भएको ठाउँ,
- बजार नजिक भएको क्षेत्रमा प्लाष्टिक घर बनाउनु उपयुक्त मानिन्छ ।
प्लाष्टिक घरको क्षेत्रफल र बनावट
जग्गा छनोटको आधारमा प्लाष्टिक घरको क्षेत्रफल फरक फरक हुन सक्छ । धेरै लम्बाई चौडाई भएको साधारण प्लाष्टिक घर बनाउँदा घरको बीच भागमा तापक्रम बढ्न गई बोट बिरुवाको वृद्धि र अन्तत उत्पादनमा समेत नकारात्मक असर पार्न सक्छ भने वर्षाको समयमा प्लाष्टिक घर बिग्रिएर नोक्सानी हुन सक्दछ । त्यसैले ठूलो क्षेत्रफलको एउटा प्लाष्टिक घर बनाउनु भन्दा स–साना तर धेरै संख्यामा बनाउनु उपयुक्त मानिन्छ । सामान्यतया लम्बाई ६ मिटर र चौडाई ३ मिटरमा प्लाष्टिक घर बनाउने गरिए पनि चौडाई ५ मिटर तय गरी १० देखि २५ मिटर लम्बाईमा पनि प्लाष्टिक घर बनाउन सकिन्छ । प्लाष्टिक घरको दुई पाखो भिरालो बनाउनु पर्छ ताकि वर्षामा पानी र हिउँदमा हिउँ बगेर जाने भएकाले प्लाष्टिक घर बिग्रिन पाउँदैन । त्यस्तैगरी एक देखि अर्को प्लाष्टिक घर बीच कम्तिमा १ मिटर दूरी कायम गर्नुपर्दछ । खाँबोको उचाई भने घर निर्माण गर्ने जग्गाको धरातलीय अवस्थिति अनुसार गर्नुपर्दछ
- ८०० देखि ११०० मिटर – धुरी ४ मिटर र छेउको खाबो ३ मिटर
- ११०० देखि १४०० मिटर– धुरी ३.छ मिटर र छेउको खाबो २.५ मिटर
- १४०० देखि १९०० मिटर– धुरी घ मिटर र छेउको खाबो २ मिटर
- १९०० देखि ३५०० मिटर– धुरी २ देखि २.५ मिटर र छेउको खाबो १ देखि १.५ मिटर
प्लाष्टिक घर निर्माण गर्न आवश्यक सामग्रीहरु
फलामको डण्डी वा जि.आई पाइप र महंगो खालको प्लाष्टिक प्रयोग गरेर बनाउँदा धेरै वर्ष खप्ने भएता पनि बढी महंगो हुने भएकोले आफ्नै गाउँघरमा पाइने साधन प्रयोग गरेर प्लाष्टिक घर बनाउँदा कम लगानीमा धेरै फाइदा लिन सकिन्छ ।
प्लाष्टिक घर बनाउँदा तपसिल बमोजिमको सामानहरु आवश्यक पर्दछ ।
१) खम्वाको लागि तारुबाँस वा काठ
२) भाटाको लागि तामाबाँस
३) बलोको लागि तामा वा तारुबाँस
४) बाँध्नको लागि प्लाष्टिकको डोरी
५) आवश्यकता अनुसारको पूर्ण पारदर्शी प्लाष्टिक
६) प्लाष्टिक जोड्ने कार्टुन टेप
७) जुटको डोरी
८) सेतो नाईलनको जाली
९) हाईग्रोमिटर
१०) थर्मोमिटर
११) अलकत्रा वा बिग्रेको मोबिल वा ईनामेल
१२) ज्यामी
प्लाष्टिकको प्रयोग
नेपालमा प्लाष्टिक घर बनाउनको लागि सिल्पाउलिन प्लाष्टिकको प्रयोग बढी गरिदैं आएको छ । बाहिर तिरको प्रचलन हेर्ने हो भने ईजरायल, भारत लगायतका देशहरुमा सूर्यकोप्रकाश प्रशस्त छिर्नेगरी प्लाष्टिक घर निर्माण गरिएको हुन्छ । नेपालमा ४५ देखि ९० जीएसएमको पारदर्शी सिल्पाउलिन प्लाष्टिक प्रयोग गर्ने गरिएको छ भने औसतमा बढी हावा चल्नेर असिना बढी पर्ने ठाउँमा १२० जीएसएम सम्मको प्लाष्टिकको प्रयोग गर्ने गरिन्छ । बढी जीएसएमको प्लाष्टिकबाट घर निर्माण गर्दा बिरुवाले पर्याप्त मात्रामा सूर्यको प्रकाश पाउन नसकेर उत्पादन घट्न सक्छ । हावाहुरी र असिनाको प्रकोप कम भएको क्षेत्रमा भने ४५ जीएसएम वा १०० देखि २०० माईक्रोनको युभी प्रयोग गर्नु राम्रो हुन्छ । हालचाल नेपालमा विकसित देशहरुले प्रयोग गर्ने प्लाष्टिक समेत उपलब्ध हुन थालेकाले केहि महँगो भएतापनि सो प्लाष्टिकको प्रयोग बढ्दो छ । प्लाष्टिकको घरमा कीराको प्रकोप कम गर्न चारैतिर कीरा नछिर्ने साईजको प्वाल भएको सेतो नाईलनको जाली प्रयोग गर्न सकिन्छ ।
प्लाष्टिक घर बनाउने विधि
१. प्लाष्टिक घर बनाउँदा चौडाई ५ मिटर र लम्बाई १० देखि २५ मिटर भएको जग्गा छनोट गर्ने र ५ मिटरको चौडाईको बीचमा २.५ मिटरको लाईन बनाउने ।
२. लम्बाई तर्फ ३ सीधा रेखामा ३ मिटरको फरकमा चिन्ह लगाउने र उक्त चिन्हमा आधा मिटर गहिरो खाडल खन्ने र बीचको सीधा रेखाका खाल्डोमा मुख्य खाँबोको रुपमा ३ मिटर अग्लो ख्म्बा र दुई छेउमा २ मिटरका खम्बाहरु आधा मिटर जमिन भित्र पर्ने गरी गाडेर बलियो संग माटोले पुर्ने । यसरी जमिनमाथि मुख्य खम्बाको उचाई २.५ मिटर हुन्छ जान्छ भने खम्बाको उचाई १.५ मिटर हुन्छ ।
३. जमिनमा खम्बा गाड्नु भन्दा अगाडी खम्बामा डढेको मोबिल वा पगालेको अलकत्रा अथवा ईनामेल रंगको प्रयोग गर्न सकिन्छ जसले बाँस कुहिन दिंदैन र घरको आयु पनि बढ्न जान्छ ।
४. तीन रेखामा खम्बा गाडीसकेपछि प्रत्येक लहरमा सकेसम्म नचिरेको बाँसको लामो बलो राख्ने र प्रत्येक खम्बासँग राम्ररी डोरीले बाँध्ने ।
५. प्लाष्टिक घरको लम्बाई तिर पर्ने गरेर दुवै तिर बराबर दूरीमा बाँसको भाटाभित्रबाट डोरीले कस्सिने गरेर बाँध्ने ।
६. प्लाष्टिकलाई लम्बाई तिरबाट जोड्ने र जोड्न कार्टुन टेप प्रयोग गर्ने ।
यसरी प्लाष्टिक सबै तिर जोडीसकेपछि पुरै प्लाष्टिकलाई एकैपटक ३–४ जनाको सहयताले तयार भएको प्लाष्टिक घरको छानामाथिबाट ओडाउनु पर्दछ र ओडाउँदा सकेसम्म तन्काएर नखुम्चिने गरेर ओडाउनुपर्छ । प्लाष्टिक घर तयार भएपछि घर भित्र पानी नछिर्ने गरी वरिपरी पानी नजम्ने गरेर कुलो बनाउनु पर्दछ । प्लाष्टिक घरमा तापक्रम र आर्द्रताको व्यवस्थापन प्लाष्टिक घरभित्रको तापक्रम, आर्द्रता बिरुवालाई आवश्यक मात्रामा रहने गरी नियमित रुपमा अनुगमन गर्नुपर्दछ । त्यसको लागि घरभित्र एक एक ओटा हाईग्रोमिटर र थर्मोमिटर राख्न सकिन्छ । घरभित्र तापक्रम बढी भएमा दिउँसो ढोका खुल्ला राख्ने र छेउ तिरको प्लाष्टिक खोलेर राख्न सकिन्छ । त्यस्तैगरी बिरुवामा नियमित सिंचाई गरेर तापक्रम नियन्त्रण गर्न सकिन्छ । तापक्रम कम भएको अवस्थामा विशेष गरी जाडो याममा घरको चारैतिरको प्लाष्टिकबाट हावा छिर्न नसक्ने गरेर माटोले पुरेर ढोका लगाउनु पर्दछ । घरभित्र अर्को ख्याल गर्नुपर्ने कुरा भनेको आर्द्रता हो । हावामा पानीको मात्रा कम भएर बिरुवा ओईलिन सक्दछ त्यसैले प्लाष्टिक घरभित्र ७० देखि ९० प्रतिशतसम्म आर्द्रता कायम राख्न पर्दछ । सुख्खा अवस्थामा बिरुवा ओईलिन्छ भने आर्द्रता बढी भएमा ढुसी जन्य रोगहरु लाग्न सक्दछ जुन बालीहरुको लागि हानिकारक हुन्छ ।
प्लाष्टिक घर मित्र माटो निर्मलीकरण
माटोमा रहेका विभिन्न हानिकारक जीवाणु तथा कीटहरु नष्ट गर्ने प्रक्रियालाई माटोको निर्मलीकरण भनिन्छ । प्लाष्टिक घर बनाउने जमिनमा कम्पोस्ट मल राखेर राम्रो संग जोतेपछि सिंचाई गर्नपर्छ अनि पारदर्शी प्लाष्टिकले चर्को घाम लाग्ने स्थानमा करिब ३५ देखि ४५ दिनसम्म ढाक्नपर्छ । सूर्यको प्रकाश, ताप, रसायन (जस्तै फर्मालिन) तथा सयपत्री, तोरी लगायतका बिरुवाकोप्रयोग (बायोफ्युमिगेसन) गरी माटो निर्मलीकरण गर्न सकिन्छ ।
तरकारी बालीको खेती गर्दा ध्यान दिनुपर्ने कुरा
बाह्र महिना प्लाष्टिक घरभित्र एकै खाले तरकारी बालीको खेती गर्दा रोग तथा कीराको प्रकोप बढ्न सक्छ । साथै माटोको अवस्था पनि बिग्रन सक्ने भएकाले एउटा तरकारी बाली लगाएपछि भट्टमास, बोडी लगायतको कोसेबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडीदिनु पर्छ । एकचोटी तरकारी टिपिसकेपछि चैत देखिजेठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लाष्टिक घरको प्लाष्टिक हटाएर सयपत्री पूmल वा तोरी रोपी १ देखि डेढ महिनामा माटोमा मिलाई पारदर्शी प्लाष्टिकले ३० र ४० दिनसम्म छोप्नु पर्दछ । यसो गर्नाले माटोमा निमाटोड तथा अन्य माटोमा रहेका रोग तथा कीराका जीवाणु एवम् पूmल र लार्भालाई नियन्त्रण गर्न सकिन्छ ।