Logo

वीरगञ्जको लालबंगलामा तयारी अवस्थामा रहेको सरस्वती माताको मूर्ति र मूर्ति बनाउँदै मूर्तिकार तस्विर : विशाल पटेल

९ माघ, वीरगञ्ज । वीरगञ्जको मूर्ली चोकमा सरस्वतीको मूर्ति बनाउदै गरेका रंगलाल पंडिललाई कामको चटारोले बोल्न फुर्सद समेत छैन । यो बर्ष माघ १२ गते सरस्वती माताको पूजा परेको छ । पूजाको लागि स्कुल, कलेज, व्यापारिक घरनाहरुले समेत सरस्वतीको मूर्ति खरिदको लागि अडर गरेकोले मूर्ति बनाउने काममा उनी व्यस्त देखिन्छन् ।

वीरगञ्जमा सरस्वती र विश्वकर्मा बाबाको पूजाको लागि मूर्ति खोज्ने ग्राहकको संख्या उल्लेख्य भएकोले यो सिजनमा मूर्ति बनाउने काममा व्यस्त रहनु पर्ने हुन्छ रंगलाल भन्छन् “बिगत केही बर्ष देखि मूर्ति किन्नेहरुको संख्या घटदै गएकोको छ, हाम्रो लगानी अनुसारको प्रतिफल सोचे जस्तो उठाउन सकिएको छैन ।”

वीरगञ्जमा पर्सासँगै बारा जिल्लाका विद्यालयले सरस्वती पुजाको लागि सरस्वतीको मूर्तिहरु अर्डर गर्ने भएकाले यहाँका मुर्तिकारहरु अहिले माटोको मुर्ति बनाउनमा व्यस्त भएका हुन् । सरस्वती पुजामा अधिकांस विद्यालयमा विद्यार्थीले सरस्वतीको मुर्ति खरिद गरेर बिधालयमा सरस्वतीको पुजा गर्ने गरेका छन । उनीहरुले अहिले मुर्तिकार कहाँ पुगेर मुर्तिको अर्डर दिईरहेका छन ।

सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित भएको मूर्ति बनउन लाग्ने समय र श्रमको समेत हिसाव गर्दा एउटा मूर्तिको लागत ३ हजार देखि २० हजार सम्म पर्ने गरेको रंगलाल बताउँछन । अहिले म सँग ६०/७० वटा मूर्तीको अडर आइसकेको छ, उनी भन्छन “यो सिजनमा कम्तीमा एक सय वटा मूर्ति बेच्ने योजना बनाएको छु ।”

आफु कहाँ वीरगञ्ज लगायत पर्सा जिल्लाका विभिन्न बिद्यालयबाट हालसम्म ६०/७० वटा मुर्तिको अर्डर आएकोले दिनरात खटेर मुर्तिलाई अन्तिम रुप दिनको लागि काम गरिरहेको रंगलालको भनाई छ । नेपालमा अहिले तीन तहको सरकार छ भन्छन् तर स्थानीय कला र श्रमलाई संरक्षण र सम्मान गर्ने खालको तीन तहको सरकारले कार्यक्रम ल्याएको सुनेको छैन, रंगलालको गुनासो थियो ।

अहिले विदेशी फेशनको चपेटामा हाम्रो चाड, पर्व र मौलिक संस्कृति फसेको छ, मूर्तिकार रंगलाल भन्छन, “जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले समेत स्थानीय उत्पादन र यसको कलाकृतिलाई जोगाउने खालको कार्यक्रम ल्यान सकेको छैन ।”

स्थानीय सरकारले स्थानीय मूर्तिकारको जिविकोर्पाजन हुनेगरी नीति ल्याउनु पर्ने उनको भनाई छ । यही पेशाले मात्र बाच्न सकिदैन सिजनमा मूर्तिको काम गरेपनि अन्य समय भने खेती किसानी गरेर बालबच्चा पढाउने गरेका छन् रंगलालले । हामी दुईजना छौ, सरस्वतीको मूर्ति बेचेर यो सिजनमा १/१ लाख बचत गर्ने योजना अनुसार काम गर्दै छौ, उनले भने ।

सरस्वती पुजा नजिकिदै जादाँ अहिले बिहान ६ बजेदेखि रातिसम्म मुर्ति बनाउनमा ब्यस्त भएको वीरगञ्जस्थित लालबंगला परिसरमा मुर्ति बनाउदै गरेका छोटेलाल रामले बताए । पर्साको पोखरिया स्थायी घर भएका उनी पनि सधै जसो मूर्ति भने बनाउदैनन । आफूले सरस्वती पुजा, बिश्वकर्मा पुजाको बेला घर भाडाँमा लिएर वीरगञ्जमा मुर्ति बनाउने काम गर्ने गरेको उनको भनाई छ ।

वर्षभरि मूर्तिकारको काम गरेर मात्र घर चलाउन गाह्रो हुने भएकाले उनी अन्य समय घरकै काम गर्ने उनले बताए । यो सिजनको लागि १ सय वटा मूर्ति बनाएको थिए अहिले ८–१० वटा मात्र बाँकी छन् अरु विक्री भइसके रामले भने । आफूले फाइबर, ईलेक्ट्रिक मूर्ति बनाउने उनको भनाई छ । हाल आफूसँग २५ सय देखि १५ हजार रुपैयासम्मको मुर्तिको अर्डर रहेको उनले बताए ।

वीरगञ्जको लाल बङगलास्थित नै मूर्तिको काम गर्ने धोविनी गाउँपालिका बखरी टोलका अजय बैठा भने अहिले ३ महिनासम्म मात्र सरस्वती पुजाको लागि माटोको मूर्ति बनाउने र अन्य समयमा भने घर बनाउने काममा लाग्ने गरेको बताउछन । आफूसँग अहिले ४ हजार देखि २० हजार सम्म माटोको मूर्ति रहेको उनको भनाई छ ।
मुर्तिकारहरुले पनि यो समयमा राम्रो कमाई हुने भएकाले मन लगाएर यस कार्यमा लाग्ने बताउएका छन् ।

सरस्वती पूजाको महत्व

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ।।

’ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त विशेष रमझम रहन्छ, तराईतिर सरस्वती पूजाको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रुपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना गरिएको हुन्छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विद्यालयहरु सजिसजाउ रहन्छ ।

सरस्वती माताको पूजाको दिनमा धेरैले अक्षराम्भ गरेका हुन्छन, अर्कोतर्फ सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको दिन सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरने विश्वास गरिन्छ । सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा श्रम अनुसारको उचित मूल्य पाउँने गरी स्थानीय सरकारले कार्यक्रम ल्याउनु पर्ने भनाई छ, मूर्तीकारहरुको ।

वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न सरस्वती पूजाको दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र त्यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात बसन्त पंचमीको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।


सम्बन्धित समाचार