प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ,वीरगञ्ज । युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले आफ्नो ३६औँ स्थापना दिवस मानव सेवा आश्रम, बिरगंज २५ मा रहेका ५० जना वृद्धा आमा, दिदीबहिनीहरूलाई भोजन गराई मनाएको छ।

उक्त कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पर्सा इन्चार्ज अनिल पटेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवले गरेका थिए। प्रमुख अतिथि अनिल पटेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि अनिल पटेलले युवाहरूको जमातले अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा तथा बिचौलिया र सामन्तवादको विरोधमा समय समयमा आवाज उठाउँदै देशका विभिन्न परिवर्तनका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले वि.सं. २०४७ जेठ १ गते स्थापना भएको सङ्गठित युवा संघ नेपालले आगामी दिनमा पनि आफ्नो भूमिकालाई निरन्तरता दिने बताए।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सल्लाहकार राघव साह, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष आकाश पटेल र नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय चौरसिया विशिष्ट अतिथि थिए। त्यस्तै, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, मदन कुर्मी र मानव सेवा आश्रमका प्रबन्धक दिवेश प्रसाद मानवी, राम अयोध्या पटेललगायत अतिथिहरूको उपस्थिति थियो।

युवा संघ नेपाल पर्साका प्रताप पटेल, दीपक साह, राम नारायण पटेल, सकलदेव यादव, रणजीत यादव, प्रेम यादव, राम पटेल, प्रदीप कुशवाह, छोटु पटेल, कन्हैया साह, विस्वाजित सिंह, उपेन्द्र पटेल, विशाल यादव, आयुष श्रीवास्तव, दीपेन्द्र पटेल, सुग्रीम पटेललगायत युवाहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विशेश्वर पटेलले गरेका थिए।


सम्बन्धित समाचार