Logo

३० जेठ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भुसा लोड गरी बिग्रेर रोकिएको एच आर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा पछाडिबाट आएको बागमती प्रदेश ०३ ००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा यो दुर्घटना भएको हो । मोटरसाइकल सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया निवासी राम शरण यादवका छोरा २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका बस्ने सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव  रहेका छन् । उनीहरूको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

घाइते हुनेमा सोही ठाउँ निवासी मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको  अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार