Logo

५ असार, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ ।एक जना गम्भीर घाइते भएका छन् ।

मिथिला नगरपालिका-४, पुष्प वलपुरका ६० वर्षीय बिन्दे साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक​जटाशंकर यादवले जानकारी दिए।  उनका अनुसार ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ७०४९ नम्बरको उइङ्गर गाडीले सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। त्यसपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुईजनालाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेको थियो ।

मण्डलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।


सम्बन्धित समाचार