Logo

११ फागुन,बारा । बारा प्रहरीले जिल्लामा सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको छ । जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

गाडीमा ठुला स्पिकर राखेर चर्को आवाजमा गित बजाउने क्रम बारामा बढ्दै गएको छ ।उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 


सम्बन्धित समाचार