१७ भदौ, काठमाडौं । सुडानमा जारी गृहयुद्धका बीच एक ठूलो प्राकृतिक विपत्ति आइपरेको छ।
सुडानको पश्चिमी क्षेत्रमा पर्ने मर्रा पर्वतमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (एसएलएम) रआर्मीले जनाएको छ।
त्रासपूर्ण घटनाको विवरण
बीबीसीका अनुसार, यो दुखद घटना अगस्ट ३१ मा मर्रा पर्वतको टाढाको गाउँ तारासिन मा भएको थियो। संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुन सक्छ। केवल एक जना मात्र जीवित छन्।” लगातार धेरै दिनको भारी वर्षा पछि गएको यस पहिरोले तारासिन गाउँको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भएको छ। यस घटनामा ज्यान गुमाउनेहरूमा बालबालिका पनि रहेको बताइएको छ।
गृहयुद्ध र मानवीय संकटबीच थप विपत्ति
यो प्राकृतिक विपत्ति सुडानमा तीन वर्षदेखि जारी गृहयुद्ध को पृष्ठभूमिमा आएको छ, जसले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटको अवस्थामा पुर्याएको छ। यस युद्धका कारण १।२ करोड मानिस विस्थापित भएका छन् र करिब १।५ लाखको ज्यान गइसकेको अनुमान छ।
पहिरो गएको मर्रा पर्वतको क्षेत्र एसएलएमरआर्मीको नियन्त्रणमा छ, जहाँ सुडानी सेनासँग मिलेर उनीहरू अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० विरुद्ध लडिरहेका छन् । युद्धकै कारण धेरै विस्थापितहरूले यस क्षेत्रमा शरण लिएका थिए। यसले गर्दा पहिरोमा परेकाहरूको संख्या ठूलो भएको अनुमान गरिएको छ ।
विद्रोही संगठनले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग उद्धार तथा राहतका लागि तत्काल सहयोगको अपिल गरेको छ। हाल दारफुरका केही भागमा भोकमरी समेत घोषणा भइसकेको छ, जसले गर्दा यस क्षेत्रमा खाद्यान्न र औषधिको अभाव झनै बढेको छ।
त्ययकि















