Logo

२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा एक इजरायली नागरिकमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रे तेमाल गाउँपालिका–६ का २६ वर्षीय पेम्बा तामाङ र नुवाकोट ताँदी गाउँपालिका–४ का ३० वर्षीय श्याम तामाङ रहेका छन्। दुवैजना हाल स्वयम्भूमा बस्दै आएका थिए। उनीहरूलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

१५ मंसिर राति करिब १० बजे कालधारा क्षेत्रमा २५ वर्षीय इजरायली নাগরিক अर्मोजा अल्मोगमाथि लछारपछार गर्दै हातपात गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। ती विदेशी नागरिक कालधारा स्थित योग होस्टलमा बस्दै आएका थिए।

पक्राउ परेका दुबैजनामाथि अभद्र व्यवहारको मुद्दामा प्रहरी वृत्त सोह्रखुट्टेबाट थप अनुसन्धान अघि बढाइएको छ।


सम्बन्धित समाचार