Logo

२६ चैत्र, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका एक युवा आफना मोटरसाईकल स्टन्टका कारण चर्चित बन्दै गएका छन् । समाजिक सञ्जालमा उनले गर्ने गरेका मोटरसाईकल स्टन्टको चर्चा चुलिएको छ । जीतपुर निवासी श्याम कुश्वाहालाई जीतपुरबासीले मोटरसाईकल राईडरको नामले चिन्ने गरेका छन् ।

कुश्वाहाले भर्खरै सुरुवात गरेको युटुब च्यानल स्काई सेभन राईडरमा करिब ४० हजार सब्सक्राईबर रहेका छन् । उनले भिडियोहरु फेसबुक र टिकटकमा पनि अपलोड गर्ने गरेका छन् ।

युवा कुश्वाहाले एउटा चक्का माथि गरि एउटै चक्कामा मोटरसाईकल चलाउँने , हात छोडेर चलाउँने , गुड्दै गरेको मोटरसाईकलको सिटमा खुट्टा राखेर हाँत माथि गरेर मोटरसाईकल चलाउँने ,उकालो ओरालो र पातलो बाटोमा मोटरसाईकल चलाएर उनी चर्चित बन्दै गएका छन् ।

२६ बर्षिय युवा श्याम कुश्वाहाले करिब ८ बर्ष देखि मोटरसाईकलमा स्टन्ट गर्दै आएका छन् । कक्षा ९ मा पढ्ने क्रममा घरमा मोटरसाईकल नहुँदा उनी साईकलमा नै आफनो स्टन्ट देखाउँने गरेको हाँस्दै सुनाए । उनले मोटरसाईकलसँग आफनो छुट्टै प्रेम बसेका कारण दिन्हौँ नयाँ नयाँ तरिकाको स्टन्ट गर्न मन लागेको बताए ।

सुरुवाती समयमा मोटरसाईकलमा स्टन्ट गर्दा कतिऔँ पट्क हाँत खुट्टामा चोट लागेको तथा भाचिएको कुराहरु सम्झिए । घरपरिवारबाट यस्तो डरलाग्दो स्टन्ट नगर भनिरहँदा पनि आफनो मन त्यतै जाने गरेको कुश्वाहाले बताए । आफुले यसलाई ब्यवसायिक रुपमा नभई रुचीको रुपमा अगाडि बढाएको जानकारी दिए ।


सम्बन्धित समाचार