Logo

२५ माद्दघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार अभिनेता सुनिल थापाको मृत्युको मुख्य कारण हृदयघात देखिएको छ ।

चिकित्सकहरूका अनुसार उनको मुटुको नसामा गम्भीर ब्लकेज भएका कारण हृदयघात भएको र त्यसैले उनको ज्यान लिएको पुष्टि भएको छ । शनिबार बिहान स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा ६८ वर्षको उमेरमा उनको निधन भयो । आइतबार बिहान पोस्टमार्टम प्रक्रिया सकिएसँगै उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिने तयारी गरिएको छ ।

सुनिल थापाको निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र उद्योगमा समेत शोकको लहर छाएको छ । ‘मेरी कोम’ जस्ता फिल्ममा उनीसँग काम गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले उनलाई आफ्नो कोचको रूपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छिन् भने मनोज बाजपेयीले फ्यामिली म्यानका यादहरू सधैं जीवित रहने बताएका छन् । नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो सिनेमा यात्रा थापाप्रति समर्पित गर्दै एउटा बलियो खम्बा ढलेको महसुस गरेका छन् ।

चिनोदेखि पछिल्ला समयका अनेकौं चलचित्रमार्फत खलनायकको परिभाषा बदल्ने यी दिग्गज कलाकारको बिदाइले नेपाली पर्दामा एउटा ठूलो रिक्तता सिर्जना गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै