२६ माघ, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ।
निकुञ्जभित्रको बाबा ताल क्षेत्रमा बाटो बिराएर किशोरीहरू हराइरहेको सूचना प्राप्त भएपछि रणसिंह दल गणबाट नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो।
उद्धारका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई सुरक्षित रूपमा फेला पारेर सम्बन्धित प्रशासनको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ।
















