Logo

२८ माघ,धनुषा । धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ। बुधबार जनकपुर–यदुकाहा सडकखण्ड अन्तर्गत बेलौनी र पौडेश्वरको बीचमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गणेश बमले शवको पहिचान अहिलेसम्म हुन नसकेको बताउँदै, शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी दिनुभयो।

प्रारम्भिक निरीक्षणका क्रममा मृतकको शरीरमा घाउचोट नभएको भए पनि घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा मुचुल्का उठाएर आवश्यक प्रमाण सङ्कलन गरिएको र घटना प्रकृति तथा कारणबारे अनुसन्धान सुरु गरिएको उनले बताए।


सम्बन्धित समाचार
भर्खरै