Logo

२८ माघ,सिम्रौनगढ। बाराको सिम्रौनगढ नजिक भारततर्फको घोडासहन–ढाका सडकखण्डमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज तेज गतिमा गुडिरहेको स्कार्पियो महदेवा गाउँ नजिक मसान चोक क्षेत्रको एउटा रुखमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा राजोपुर थाना क्षेत्रका एकै परिवारका तीन सदस्यको ज्यान गएको स्थानीय स्रोतले जनाएको छ।

उनीहरू पकडीदयाल गाउँमा जन्ती (बरात) मा सहभागी भएर फर्किँदै गरेका थिए भन्ने जानकारी प्राप्त भएको छ। मृतकहरूको नाम खुल्न बाँकी रहेको छ।

दुर्घटनापछि स्कार्पियोका चालक फरार रहेको बुझिएको छ। घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार