Logo

१ फाल्गुण, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार र स्थानीय तहका कमिटीहरूलाई लक्षित गर्दै निर्वाचन परिचालन निर्देशिका–२०८२ जारी गरेको छ ।

३४ बुँदे विस्तृत परिपत्रमार्फत पार्टीले चुनावी खर्च व्यवस्थापन गर्दा कुनै पनि साना वा ठुला व्यवसायीलाई आर्थिक सहयोगका लागि दबाब नदिन कडा निर्देशन दिएको हो । पार्टीले साझा दायित्व र साझा स्वामित्वुको अवधारणा अघि सार्दै चुनावलाई भड्किलो बनाउनुको साटो पार्टी सदस्यहरूको स्वेच्छिक सहभागिता र निश्चित कोषमार्फत आर्थिक व्यवस्थापन गर्न जोड दिएको छ । साथै, निर्वाचन सम्पन्न भएको १५ दिनभित्रै अनिवार्य रूपमा खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने सर्त समेत कांग्रेसले उम्मेदवारहरूमाझ राखेको छ ।

प्रचार अभियानलाई प्रभावकारी र समावेशी बनाउन कांग्रेसले समाजका विभिन्न वर्गलाई समेट्ने विशेष रणनीति अख्तियार गरेको छ । पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी र अवकाशप्राप्त कर्मचारीहरूको अनुभवलाई समाजको हितमा उपयोग गर्दै उनीहरूको सञ्जाललाई निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म सक्रिय बनाउन निश्चित संयन्त्र निर्माणको निर्देशन दिइएको छ । त्यसैगरी, वैदेशिक रोजगारी वा अध्ययनबाट फर्किएका युवाहरूको प्रभाव र सम्पर्कलाई समेत पार्टीको पक्षमा पार्न ुपूर्व आप्रवासी विभागुमार्फत समन्वय गरी परिचालन गरिने परिपत्रमा उल्लेख छ ।

पार्टीभित्र हुनसक्ने आपसी मनमुटाव र असमझदारीलाई बिर्सेर ‘नवीन कांग्रेस, नयाँ युगको विकल्पु भन्ने नाराका साथ एकजुट हुन आह्वान गरिएको यस परिपत्रमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको आधिकारिक जानकारी समेत दिइएको छ । पार्टीको चुनावी एजेन्डाका रूपमा रहेको ‘भिजन १०’ को दृष्टि, दायित्व र गन्तव्यलाई मतदातामाझ पुर्‍याउनु नै यसपटकको मुख्य कार्यभार रहेको कांग्रेसले स्पष्ट पारेको छ । व्यक्तिगत विमति त्यागेर सम्पूर्ण पार्टी पङ्क्तिलाई मतदाताको विश्वास जित्ने गरी मैदानमा उत्रन केन्द्रले निर्देशन दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै