३ फागुन,काठमाडौं । विराटनगर महानगरपालिका–५, पुल्चोकमा गएराति दुर्घटनामा परेको स्कोरपिओमा ४२० किलो गाँजा फेला परेको छ।
बा. ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भएर पुल्चोक नजिकै खाल्डोमा खसेको थियो। प्रहरीको खानतलासीमा गाडीको सीटमुनि र डिक्कीमा प्लास्टिकले बेरेर राखिएका ठूला पोका भेटिएका हुन्।
मोरङ प्रहरीले प्रमुख एसपी कविता कटवालका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। फरार चालकको पहिचान गाडीको नम्बर प्लेटका आधारमा खोजी भइरहेको छ।
प्रहरीले ठूलो परिमाणमा गाँजा ओसारपसारमा संगठित गिरोहको संलग्नता रहेको अनुमान लगाएको छ। साथै, सीमावर्ती क्षेत्र र भित्री सडकहरूमा लागुऔषध नियन्त्रणका लागि निगरानी अझ कडा गरिएको छ।
















