Logo

६ फाल्गुण, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपास्थित व्यस्त सडकमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बुधबार बिहान बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक स्कुटर चालक पुरुष भएपनि थप विवरण खुलेको छैन । अहिले अरनिको राजमार्ग क्षेत्र शोक र आक्रोशमा डुबेको छ।

दुर्घटनापछिको दृश्य निकै कारुणिक र उग्र बनेको छ । चालकको लापरबाही भन्दै आक्रोशित बनेका स्थानीयले सडकमा उत्रिएर ठक्कर दिने टिपरमाथि आगो झोसेपछि बनेपा क्षेत्र तनावग्रस्त छ ।


सम्बन्धित समाचार