Logo

१२ फागुन, काठमाडौं । एक साताको अवधिमा चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर ५ हजार ७१५ रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा मात्रै चाँदी तोलामा १३० रुपैयाँले बढेको हो। अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज थप उकालो लागेको छ। यसरी हेर्दा एक सातामै चाँदीको मूल्य करिब १७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यता सुनको मूल्य भने आज स्थिर रहेको छ। आज प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यही मूल्य कायम थियो।

यद्यपि, विगत एक सातामा सुनको मूल्य करिब ४.७ प्रतिशतले बढेको छ। गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुन क्रमशः उकालो लाग्दै हालको मूल्यमा पुगेको हो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। त्यसयता केही गिरावट आए पनि पछिल्लो समय पुनः मूल्य स्थिर बनेको छ।


सम्बन्धित समाचार
भर्खरै