२८ फागुन, काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई फोन गरेर बधाई दिएका छन् ।
शरीफले हालैको आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई बधाई दिएका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा रास्वपालाई प्राप्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख छ।
सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेका पाकिस्तानी राजदूतावासले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रवि र बालेनलाई टेलिफोन गरेर बधाई तथा शुभकामना दिएका थिए ।

















