Logo

१ चैत, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएकाे छ ।

साेही बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बिहान १० बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक सांसद सिफारिस लगायतका विषयमा छलफल गर्न शनिबारका लागि बोलाईएको बैठक आइतबार बस्नेगरी सारेकाे थियाे ।

हालै सम्पन्न निर्वाचनबाट सबै भन्दा ठूलो राजनीतिक दल बनेको रास्वपाले सरकार गठनको तयारीसमेत गरिरहेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेर रास्वपा निर्वाचनमा गएको थियो । सोही घोषणा अनुरुप नयाँ सरकार गठनको गृहकार्य पनि रास्वपाले गरिरहेको छ ।

१ सय ८२ सिटसहित करिब दुई तिहाई सांसद जितेको रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनकाविषयमा निरन्तर छलफल भईरहेको बताइएको छ । त्यसका लागि संसदीय दलको नेता चयन प्रक्रिया र मन्त्रीपरिषदमा सहभागी हुने सांसदका बारेमा पनि आवश्यक गृहकार्य भइरहेकाे रास्वपाका एक नेताले बताएका हुन् । रास्वपाको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार रहने व्यवस्था छ ।

पूर्वघोषणा अनुरुप शाहलाई प्रधानमन्त्री बनाउन लागेको रास्वपाले विधान संसोधनमार्फत शाहलाई दलको नेता बनाउने तयारी पनि गरेको हाे ।


सम्बन्धित समाचार