Logo

बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार साँझ दुई भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करमा सिम्रौनगढ नगरपालिका–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिँदा उपचारका क्रममा मृत्यु भएको छ।

त्यस्तै, बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्। घाइतेमध्ये चालक समाज अस्पताल कलैयामा उपचाररत छन् भने अर्का घाइते हिमाल अस्पताल वीरगन्जमा उपचाररत छन्।

प्रहरीले बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार