Logo
बालगायक सचिन परियारको निधन

१८ पुष,काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बुधबार उपचारका लागि उनलाई काठमाडौंको महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालले सचिनको मृत्यु पुष्टि गरेको छ । उनको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपिलसमेत गरिएको थियो ।