Logo
गौरमा शान्ति सद्‍भाव र्‍याली: कर्फ्यु हट्यो, जनजीवन लयमा फर्किँदै

११ फागुन, गौर (रौतहट) । केही दिनदेखि साम्प्रदायिक तनावका कारण अशान्त बनेको रौतहटको सदरमुकाम गौरमा सोमबार बिहान नागरिक समाजको अगुवाइमा भव्य 'शान्ति सद्‍भाव र्‍याली' निकालिएको छ । दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि जारी गरिएको कर्फ्यु जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि पूर्ण रूपमा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको हो