१४ पौष, वीरगञ्ज । वीरगञ्जको पत्रकारिता अहिले गलत अभ्यासको भूमरीमा फसेको छ । अनलाइन, पत्रिका र सामाजिक सञ्जालमा बढी भ्युज र क्लिक पाउने होडमा समाचार सम्प्रेषणलाई अतिरञ्जित बनाउने, तर संवेदनशील विषयलाई ध्यान नदिने प्रवृत्ति बढ्दै गएको छ । धार्मिक द्वन्द र जातीय गुटगत विवादका विषयमा संवेदनशील समाचार सम्पेषणले समुदायमा असामाजिक