Logo
अदालतलाई नमान्ने टिप्पणी गरेपछि काठमाडौंका मेयर बालेन्द्रविरुद्ध सर्वोच्चमा रिट

१० असार, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले रिट दायर गरेकी हुन्। उनको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ। मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका