Logo
डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते

डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधवार बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्कँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।