Logo
राज्य संयन्त्रको दुरुपयोगगरी राजनीतिक प्रतिशोध लिइयो (पूर्णपाठ सहित)

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा सांसद रवि लामिछानेले आफूविरुद्ध चलेको अनुसन्धान र मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विस्तृत अपिल सार्वजनिक गरेका छन्। लामिछानेले सार्वजनिक अपिलमार्फत आफूलाई सोधपुछ, हिरासत र हालै उच्च अदालतको आदेशमार्फत अनुसन्धानका लागि थुनामा पठाइएकै सम्पूर्ण प्रक्रिया पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।