१९ कार्तिक, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा बालबालिकालाई म्याद गुज्रिएको जापानी इन्सेफ्लाइटिस भ्याक्सिन वितरण गरिएको पाइएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस लापरबाहीका कारण स्थानीय अभिभावक र समाजसेवीहरू आक्रोशित बनेका छन्। मंगलबार वडा नं. ९ मा नियमित खोप अभियानका क्रममा म्याद गुज्रिएको भ्याक्सिन फेला परेपछि कार्यक्रम तुरुन्तै स्थगित गरिएको नगरपालिकाले