१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए। तीमध्ये