१० पुष, काठमाडौं । मुलुकको जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पीएचडी) तह पूरा गरेका १६ हजार ३०० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा दीक्षित