२९ बैशाख, काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सिफारिस समितिले गरेको पदाधिकारीको नाम प्रति द्धन्दपीडितहरुले असहमति जनाएका छन् । पीडितहरूले दलीय भागबन्डामा कार्यकर्ता नियुक्ति गर्न खोजिएको भन्दै विरोध गरेका हुन। समितिले आइतबार दुवै आयोगमा अध्यक्षसहित पाँच–पाँच जना पदाधिकारीको नाम सरकारलाई बुझाएको छ ।