Logo

वीरगञ्जका युवा उद्यमी विश्वकरण जैनले ६ हजार ४ सय ७६ मिटर अग्लो हिमशिखर मेरा पिक आरोहण गरेर केही दिन अघि मात्र काठमाडौं फर्किएका छन । मारवाडी समुदायको जैनधर्म समुदायबाट हिमाल आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन । उनले हिमाल आरोहण गरेको खवर थाहापाएपछि जैन धर्मका गुरु आर्चाय महाश्रवणले समेत भारतबाट विश्वकरणको हिक्मतको उच्च प्रशंसा गरेका छन । जैन स्वेताम्वर महासभा भारतका अध्यक्षले समेत फोन गरेर विश्वकरणलाई वधाई दिएका छन ।

मेरापिक हिमाल आरोहण गर्ने सोच कसरी आयो विश्वकरण जैनको अनुभव :

२ बर्ष अघि सम्म मेरो स्वास्थ्य राम्रो थिएन, मेरो शरिरको तौल घट्यो कि अव म के हुन्छ ? मलाई नै थाहा भइरहेको थिएन । मैले नेपाल र भारतका राम्रा भनिने अस्पतालमा गएर परिक्षण गराए तर मेरो शरिरमा के समस्या छ भन्ने कुनै निचोड निस्कन सकेन । त्यसपछि मैले प्राकृतिक उपचार विधिबाट आफ्नो दिनचर्या शुरु गरे, हरेक दिन विहान व्यायाम गर्ने, हिडने र खानपानमा ध्यान दिन थाले । म हरेक दिन बिहान शिवपुरी जंगलमा हिडन थाले, मेरो शरिरमा मैले अनुभव गरेको असहज अवस्था विस्तारै ठिक हुदै गयो । मैले दैनिक रुपमा गर्ने नित्यकर्मले मलाई स्वस्थ राख्न मद्दत पुगेको अनुभव हुन थाल्यो । त्यसपछि मैले अन्नपूर्ण र एभरेष्ट वेस क्याम्प त पुगेको थिए, ट्रेकिङ, हाइकिङ गर्ने भएकोले जीवनमा एकपटक अग्लो चुचुरो चढने रहर मेरो मनमा पलाउदै आएको थियो । मैले धेरै युटुवहरु हेर्ने गर्थे, अग्लो चुुचुरो टेक्नीकल्ली रुपमा हाइअल्टिच्यूट फेस गर्न सक्ने हिमाल आरोहण गर्ने उदेश्यले मेरो रोजाइमा मेरापिक हिमाल परयो । करिव २२ हजार फुट अग्लो हिमाल आरोहण गर्ने कुरा मेरो लागि चानचुने थिएन ।


म उमेरले ५५ बर्ष पुरा भए, यसमा उमेरले केही प्रभाव पार्छ जस्तो लागेन मलाई, अनि मैले मेरा पिक हिमाल आरोहण गर्ने अठोटका साथ असोज २० गते घरबाट यात्रा शुरु गरे । लुक्लाबाट हिडेको ५ दिनमा खहरे भन्ने ठाउँमा पुगियो । प्रकृतिले भरिएको सुन्दर मनोरंम दृश्यले मलाई प्रफुल्लित बनाएको थियो । करिव ४८ घण्टाको खहरे वसाई पछि यात्रा पुन शुरु गरियो । यात्राका अनेकौ अप्ठा¥यो परिस्थितीलाई पार गर्दै अगाडी बढदै थिए, खहरेबाट हिडेको २ दिनमा हाइवेसक्याम्प पुगीयो । उच्च वेसक्याप पुग्दा शरिरमा अक्सिजन कमी भएको महशुस हुदै थियो । वेसक्याम्पमा पुगेपछि तातो पानी र चिया खाए, मैले साथमा लिएर गएको केही पिस चकलेट खाए, केही घण्टाको आराम पछि राती २ बजेबाट फेरि शुरु गरियो यात्रा, मसँग आरोहणको यात्रामा सवै विदेशी मात्र थिए, २६ जनाको टोलीमा नेपाली त म मात्र रहेछु । यो रुटबाट अधिकांश विदेशीले मात्र आरोहण गर्दा रहेछन् । वेस क्याम्पबाट हिडेको ५ घण्टा पछि मेराको पुग्न डेढ सय मिटर मात्र बाँकी थियो होला केही विदेशी आरोहीहरु फर्किदै गरेको देखे, उनीहरुले अगाडीको यात्रा गर्न नसक्ने भएर फर्किएका रहेछन् । मलाई पनि फर्किन पर्छ कि जस्तो लाग्दै थियो, हाइअल्टिच्युटको कारण होला मेरो टाउको दुखेर भारी भएको थियो । मैले र्फकने कुरा गरेपछि मसँग रहेको गाइटले मेरो यात्रामा हौसला दिए र विस्तारै अगाडी बढनु पर्छ, तपाईले सक्नु हुन्छ भन्दै मलाई प्रेरित गरिरहेका थिए । मेरो शरिरले अन्तिम नभने सम्म हिड्छु भन्ने अठोट गरे, उल्टी नभए सम्म केही हुदैन भनेर यात्रा विस्तारै अगाडी बढाए फलतः मेरापिक हिमाल आरोहणको यात्रालाई पुरा गरे ।


सम्बन्धित समाचार