Logo

२३ मंसिर, रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उपप्रमुखले मागेको तिन करोड बजेट नदिदा उनले आफनो चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
नगर उपप्रमुख संगीता देवी रामले तिन करोड बजेटको लागि समाजिक सञ्जाल मार्फत झुठा, भ्रामक एवं तथ्यहीन आरोप लगाएर आफु र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेललाई बदनाम गर्न खोजेको मेयर कुमीले बताएका छन् ।

नगरपालिकाको कार्यालय विश्रामपुरमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर कुर्मीले उपमेयर रामले व्यक्तिगत आर्थिक लाभ लिने उद्देश्यले तिन करोड रुपैया आफना निजी सञ्चालन गर्नका लागि माग गरेको र आफुले जनताको बजेट निजि रुपमा सञ्चालन गर्न नदिने जवाफ दिएपछि विभिन्न झुठा आरोप लगाउँदै उल्टै आफुलाई नै बदनाम गर्न लागि परेको बताए ।

नगरको विकासका लागि आएको रकम निजी सञ्चालनका लागि दिन नसकिने भन्दै आफुले भागबण्डा गर्न नमान्दा अरु अरु बहाना बनाएर उपमेयर रामले कार्यालय नआउँदा विकास निर्माणका कामहरु प्रभावित भइरहेको मेयर पटेलले बताए ।

जनताको विकास बजेट दुबै जना मिलेर पारदर्शी ढंगले नगरको विकास निर्माणमा खर्च गरौ भन्दा उपमेयरले नमान्नु उनले जनताको विकास बजेटमा भ्रष्टाचार गर्न खोजेको कुरा प्रष्ट भएको उनले बताए ।
आफु रहुन्जेल सम्म एक रुपैया भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउँदै मेयर कुर्मीले आफु विकास गर्न चाहेको तर उपमेयर रामले विकासको बाधक बनेको टिप्पणी गरे ।

उपमेयर राम जनताप्रति उत्तरदायी नभएको तथा नगरमा विकास निर्माणको काम गर्न नचाहेको र विकास भन्दा पनि आफना व्यक्तिगत विकास गर्न खोजेको मेयर पटेलले आरोप लगाए ।

कार्यालयमा कहिल्यै नआउने र कुनै पनि बैठकमा सहभागि नहुने उपमेयर रामले घरमै बसीबसी आफुमाथी तथानाम आरोप लगाउने काम मात्र गर्ने गरेको उनले बताए ।

उपप्रमुखले चालु आर्थिक वर्षको बैंक स्टेटमेन्ट माग्दा त्यो पनि उपलब्ध गराएको र न्यायीक समितिको सचिवालय सञ्चालन गर्न पनि तयार रहेको भएपनि उनले बलजबरजस्ति मेयर र प्रशासकीय अधिकृतले न्यायीक समिति सञ्चालन गर्न चासो नलिएको तथा बैंक स्टेटमेन्ट उपलब्ध नगराएको भनी मिडियामा गलत, भ्रामक एवं झुठा आरोप लगाएको उनले बताए ।

न्यायीक समिति सञ्चालन गर्नका लागि आवश्यक कामहरु अगाडि बढाउन आफु तयार रहेको भएपनि समिति सञ्चालनका लागि पटक पटक बोलाउँदा पनि उपमेयर राम कार्यालयमा नआएको कारण न्यायीक समितिको काम सुचारु हुन नसकेको उनले बताए ।

उपमेयर राम कार्यालयमा नआएको कारण विकास निर्माण लगाएतका कार्य प्रभावित हुनुका साथै जुन गतिमा विकास निर्माणको काम अगाडि बढनुपथ्र्यो त्यो गतिमा अगाडि नबढेको भन्दै मेयर कुर्मीले आपत्ति जनाएका थिए ।

उपप्रमुखलाई कुनै हालतमा भ्रष्टाचार गर्न निजि बजेट सञ्चालन गर्न नदिने बताउँदै मेयर कुर्मीले कार्यालय नआए कानुन अनुसार उपमेयर रामको विकल्प सोच्न बाध्य हुने उनले चेतावनी दिए ।

आफु नगरमा विकास निर्माणको गतिलाई तिव्रता दिन खोजेको तर उपमेयरले भ्रष्टाचार गर्न मात्र खोजेकोले उनको तिन करोडको सपना कहिल्यै पुरा हुन नदिने उनले बताए ।

उपमेयरको त्यो रबैयाका कारण आफु स्वंम पिडित भएको बताउँदै मेयर कुर्मीले उपमेयरलाई आफनो रबैयामा सुधार गर्न आग्रह गरेका छन् ।

पहिलाको जनप्रतिनिधिका कारण नगरमा विकास हुन नसक्दा जनताले आफुहरुलाई विश्वास गरेर जिताएकाले जनताको विकास बजेटलाई आफु कुनै हालतमा दुरुपयोग हुन नदिने र जनताको विश्वासमा घात पुरयाउने काम कदापी नगर्ने उनले प्रतिवद्धता जनाए ।

निवर्तमान जनप्रतिनिधिले पाँच वर्षमा गर्न नसकेको काम आफु ७ महिनामा गरेर देखाएको दावी गर्दै मेयर कुर्मीले आउँदो पाँच वर्षमा वृन्दावन नगरपालिकालाई जिल्लामै एक नमुना नगरपालिकाको रुपमा विकास गरेर देखाउने उदघोष गरेका छन् ।


सम्बन्धित समाचार